१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालकाे ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमति जनाएको छ। मंगलबार बंगलबादेशमा बसेको दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो।  

नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन्।  

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ।

४० मेगावाट बिजुली परीक्षणस्वरुप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच सहमति भएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८० ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App