अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो टिम बिस्तार गरेका छन्।
सरकारले अर्थ मन्त्रालयमा तीन जना आर्थिक सल्लाहकार नियुक्त गरेको छ। सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा. विश्व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो।
अर्थविद् पौडेल नेपाली कांग्रेसको तर्फबाट चितवनमा निर्वाचन लडेर पराजय भएका थिए। पौडेल र पाण्डेलाई अवैतनिकन सल्लाहकारमा नियुक्त गरिएको हो।
भट्ट नेपाल राष्ट्र बैंकबाट काजमा सल्लाहकारको भूमिकामा अर्थ मन्त्रालयमा आएका हुन्। उनी राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख छन्। मुलुकको अर्थतन्त्र बिग्रिएको बेला अर्थमन्त्रालयको नेतृत्व सम्हालेका महतले आगामी आर्थिक वर्षको बजेट बनाउनका लागि नयाँ टिम बनाएर अघि बढेका छन्।
प्रकाशित: ८ वैशाख २०८० ०१:२६ शुक्रबार