५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सत्ताइसाैं वार्षिक सम्मेलन

अमेरिका नेपाल मेडिकल फाउण्डेसन (एएनएमएफ) ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गतेसम्म अमेरिका स्थित नर्थ क्यारोलिना को सार्लोटमा हुने भएको छ।

‘सञ्जाल र समन्वयका साथ अघि बढौं’ भन्ने नाराका साथ यस सम्मेलन हुन लागेको आयोजकले जनाएका छन्।

सन् १९९७ बाट सुरु भएको यस फाउण्डेसनले स्थापनाकाल देखि नै नेपालको बृहत्तर स्वास्थ क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको जनाएको छ। यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माणदेखि चिकित्सा क्षमता अभिवृद्धिसम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागि हुँदै आइरहेको छ।

यस पटक सार्लोटमा हुन लागेको सम्मेलन सभ्य र भव्य रूपमा सफल बनाउन यस फाउन्डेसनका अध्यक्ष डा. बिनोद खड्का र सचिव डा जीवन लामिछानले सबैलाई आह्वान गरेका छन्।

प्रकाशित: ७ वैशाख २०८० ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App