१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फोहर व्यवस्थापनको लागि डस्टबिन प्रदान

ज्योति विकास बैंकले घान्द्रुकमा फोहर व्यवस्थापनको लागि ६६ वटा डस्टबिन प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति अन्नपूर्ण गाउँपालिका वडा १० र ११ लाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको हो।

देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको जनाएको छ। बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले घान्द्रुक पर्यटन व्यवस्थापनको अध्यक्ष विक्रम गुरुङलाई उक्त डस्टबिनहरू हस्तान्तरण गरेका छन्।

यसै क्रममा बैंकले घान्द्रुक घुम्न जाने पर्यटकलाई सवारी साधनको भाडा भुक्तानीमा सहजता प्रदान गर्न र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न जीप सञ्चालक समितिको संयोजकत्वमा जीपहरूलाई क्युआर कोड वितरण गरेको छ।

प्रकाशित: ९ चैत्र २०७९ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App