१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

प्रभावकारी बन्दै नेपालको पहिलो सामुदायिक विद्युत वितरण संस्था

सामुदायिक विद्युत वितरक संस्थाको साधारण सभाका अवसरमा भवनको शिलान्यास गरिँदै <br>

नेपाल कै पहिलो कपिलवस्तु नगरपालिका– ९ मा सुरु गरिएको सामुदायिक विद्युत वितरण संस्था प्रभावकारी बन्दै गएको छ । गाउमा विद्युतका सबै सेवाहरु पाए पछि त्यहाका समुदायलाई निकै सजिलो भएको छ । २०६० सालदेखि त्यहा केन्द्र संचालन गरिएको थियो । जिल्लाको एक मात्र सामुदायिक विद्युत वितरण संस्था सञ्चालनका कारण एका तर्फ विद्युत चुहावट नियन्त्रणमा सहयोग पुगेको छ भने अर्का तर्फ स्थानिय उपभोक्तालाई महसुल बुझाउन, समयमै मर्मत सम्भार तथा मिटर लिन सहज भएको छ ।  

वितरण संस्था अन्र्तगत विद्युत उपभोग गर्दा लाग्ने शुल्कमा समेत सहुलित दिईएका कारण विद्युत उपभोगमा सहजता आएको निग्लिहवाका कल्लु थारुले बताए ।  

‘न त मर्मतका लागी समय कुर्नु पर्ने न त महसुल बुझाउन लाईन नै बस्नु पर्ने, हामीलाई त धेरै सहज भएको छ ’ थारुले भने । उनी जस्तै सोही वडाको बन्डेउलीका समीउल्लाह धोबीले कुनै प्राबिधिक समस्या आउदा समेत सर्मचारी तत्कालै आउने र समयमै मिटर रिडिङ गरिदा सहज भएको बताए ।  

२२ वर्ष अघि समुदायस्तरबाटै विद्युत उपभोग गर्न तथा व्यवस्थापन गर्ने नितीका साथ सो संस्था सञ्चालन गरिएको थियो । केन्द्रले नेपाल विद्युत प्राधिकरण सँग एकमुष्ठ रुपमा मिटर र विद्युत खरिद गरि उपभोक्तालाई बितरण गर्ने गरेको छ । अहिले कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६ को रामापुर र खुखुन्डी ९ को, बैरेनी, जरलैहा, केवलपुर, चम्कीपुर, जगदिशपुर, बन्डेउली, खुरखुण्डी, श्रीनगर र निग्लिहवा तथा वडा नम्बर १० को बिर्ताका र वडा नम्बर ११ का केही  उपभोक्ताले सो केन्द्र मार्फत विद्युत उपभोग गर्दै आएका छन ।  

उपभोक्तालाई विद्युत वितरण गर्नका लागी श्रीनगर, जगदिशपुर, जरलैहा, चम्कीपुर, खुरखुण्डी, बन्डेउली र निग्लिहवामा नेपाल विद्युत प्राधिकरणको मिटर जडान गरि विद्युत सप्लाई गरिएको छ । विद्युत वितरणका लागी १३ ओटा ट्रान्सफर्मर समेत राखिएको छ । संस्थाले हाल १ हजार सय १७२ घरधुरीलाई विद्युत उपभोग गराउदै आएको छ । जसबाट १० हजार ५४८ जना प्रत्यक्ष लाभांबति भएका छन ।  

‘हामीले न्युन महसुल सगै समयमै रकम बुझाउने उपभोक्तालाई प्राधिकरणको भन्दा बढि छुट रकम दिने गरेका छौ ।’  संस्थाका कार्यालय सञ्चालक जनार्दन प्रसाद बारीले भने ।  

प्राधिकरणको कार्यक्षेत्रमा विद्युत चुटावट दर बढि रहे पनि केन्द्रमा भने १५ देखि २० प्रतिशत मात्र चुहावट हुने गरेको उनले जानकारी दिए । ४ जना मात्र कर्मचारी भए पनि सस्थामा सेवा प्रभावकारी रहेको उपभोक्ता बताउछन । संस्थाले उपभोक्तालाई सेवा दिए पनि वार्षिक केही रकम समेत बचत समेत हुने गरेको विद्युत वितरण केन्द्रका अध्यक्ष अब्दुल रसिद खाँले बताए ।  

‘समुदायले नै सञ्चालन गरेका कारण आम उपभोक्ताको समेत अपनत्व देखिएको छ । जिल्लाका अन्य स्थानमा समेत यस्ता सस्था सञ्चालन गरेर विद्युत चुहावट नियन्त्रणको निती अबलम्बन गर्नु पर्दछ ’ अध्यक्ष खाँले भने ।  

समुदायले सञ्चालन गरेको केन्द्रका कारण विद्युत चुहावट नियन्त्रणमा सहयोग पुगेको नेपाल विद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीहरु बताउछन ।

प्रकाशित: २७ पुस २०८२ १८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App