एनआरएन क्यानडाको कार्य समितिका सदस्य तुला भट्टचनले कार्यकारी समितिमा छलफल नै नभैकन आफूहरुले पाएको महत्वपूर्ण अवसर अरुलाई मौखिक रुपमा सुम्पिनु नेतृत्वको गैरजिम्मेवारपन भएको नागरिकन्युजलाई बताए। उनले केही दिनभित्रै कार्यसमिति बैठक बसेर क्यानडामा नै सम्मेलनगर्ने गरी निर्णय गर्न पहल गर्ने उनले बताए ।
गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय सहसंयोजक एसी शेर्पाकाअनुसार शेष घले दोश्रोपटक अध्यक्षमानिर्वाचित भएपछिको काठमाडौंमा बसेको पहिलो बैठकले क्यानडामा क्षेत्रीय सम्मेलनगर्ने निर्णय भएको स्वीकार गरे।
संस्थाको पहिलो बैठकबाटै भएका निर्णय अनुसार क्षेत्रीय सम्मेलन क्यानडाले नै गर्नु पर्नेमा क्यानडाका एनआरएन अध्यक्ष तुलसी सापकोटाले गर्न नसकिने जानकारी दिएपछि त्यसको तयारी अमेरिकामा थालिएको उनले जानकारी दिए।
सापकोटाले लिखित रुपमा नै आफूलाई अमेरिकामा सम्मेलन गर्न भनेको शेर्पाले बताए। शेर्पा भन्छन्, 'क्यानडाले चाहेमा अभैm क्षेत्रीय सम्मेलन गर्ने हकदावी क्यानडा एनआरएनकै हो।'
एकपटक क्षेत्रीय सम्मेलनगरिसकेको अमेरिकामा पनि कुन राज्यमा गर्ने भन्ने बारेमा अर्को विवाद छ। अगष्टमा गर्ने गरी मिति तोकिए पनि स्थानको बारेमा क्यालिफोनिया वा न्यूर्योक कहाँ गर्ने निश्चित भएको छैन। एनआरएन अमेरिकाका अध्यक्ष डा केशवपौडेलले क्यानडामा गर्ने गरी निर्णय भएपनि सबै कुराको वस्तुगत अवस्था अध्ययन गर्दा त्यहाँभन्दा अमेरिकामा नै सजिलो हुने निष्कर्ष निकाल्दै क्यानडाले अमेरिकालाई गर्न जिम्मेवारी दिएको बताए। अमेरिकामा यस अघि नै भैसकेकाले तत्कालिन अवस्थामा निर्णय गर्न नमिल्ने भएकोले क्यानडा भनिए पनि क्षेत्रीय संयोजक, सहसंयोजक र दुवै देशका अध्यक्ष सहभागी बैठकमा सो निर्णय भएको अध्यक्ष डा.पौडेलको भनाइ छ।
उता एनआरएन क्यानडाका अध्यक्ष तुलसी सापकोटाले पहिले क्यानडामा हुने कुनै पनि निर्णय नभएको भन्दै अमेरिकामा क्षेत्रीय सम्मेल नहुने बताए। सन् २०१० मा अमेरिकाको ह्युस्टनमा क्षेत्रीय सम्मेलन भइसकेको छ भने क्यानडामा हासम्म भएको छैन।
हरेक दुई बर्षमा गरिने क्षेत्रीय सम्मेलन ६ वटा क्षेत्रमा गर्दा १२ वर्षमा एक पटक सम्बन्धित क्षेत्रको पालो आउने हुनाले हरेक एनसीसीले त्यसलाई कामगर्ने अवसरका रुपमा लिन्छन्।
क्यानडामा रहेका नेपालीको समुदाय ठूलो नभए पनि क्षेत्रीय सम्मेलन गर्न क्यानडा सक्षम भएको कार्यकारी सदस्य भट्चनले दावीछ। यसबारेमा कार्य समितिको बैठक डाकेर टुंगो लगाइनेछ। सो क्षेत्रीय सम्मेलनमा विश्वका ६ वटै क्षेत्रका क्षेत्रीय संयोजक, सहसंयोजक, आईसिसि सदस्यहरु, अन्तर्राष्टिय समन्वय परिषदका पदाधिकारीहरु, सल्लाहकारहरु, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहनेछ।
प्रकाशित: १७ चैत्र २०७२ ००:४८ बुधबार



-600x400.jpg)

