६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

बाल्टिमोरमा नेवारी झाँकी

बाल्टिमाेर (अमेरिका) —अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोस्रो अधिवेसन उदघाटन भएको छ। नेवारी झाँकी प्रदर्शन गर्दै उदघाटन गरिएको कार्यक्रममा नेपाली, अंग्रेजी तथा नेवा समुदायको राष्ट्रिय गीत बजाइएको थियो।कलाकार यज्ञमान शाक्य तथा लोचनी तारा शाक्यले गणेश बन्धना तथा बासव राजोपाध्यायले स्वस्ति वाचनको साथै नेपालमा भूकम्पमा जीवन गुमाएकाहरुको लागि आत्मको शान्तिको कामना गरे।

अधिवेसनको उदघाटन नेपालबाट अएका बामपन्थी नेता मल्ल के सुन्दर तथा अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कुमार कार्कीले गरेl

नेपालबाट आउनु भएका सुन्दर के मल्लले मन्तब्य राख्दै नेवा समुदाय अल्पमतमा रहे पनि नेवा पहिचान अद्वितीय र पृथक रहेको बताए। यसैगरी राजदुत डा.कार्कीले नेपाल सरकार तथा राजदुताबासको तर्फबाट सफलताको शुभकामना दिँदै नेवा समुदायले संस्कृति, कला तथा भाषामा गरेको योगदानको सराहना गरे।

नेपालबाट आएका राप्रापा नेपालका प्रवक्ता राजेन्द्र राम श्रेष्ठ, म्यारिल्याण्ड राज्यका सिनेटर डा.ज्योति तुलाधर, गोरखापत्रका प्रधान सम्पादक पुस्कर भक्त माथेमा, म्यारिल्याण्ड तथा पेनसेलभेनियाका लागि महाबाणिज्य दुत प्रेम राजा महतले मन्तब्य राखेका थिए।
newa
वर्ल्ड नेवा अर्गनाइजेसन अध्यक्ष डा.बालगोपाल श्रेष्ठले संस्थाका बारेमा जानकारी दिँदै नेवा समुदायका बारेमा मन्तव्य राखे। उनी नेदरल्याण्ड बाट आएका हुन्। नेपाल आदिबासी जनजाती संघका अध्यक्षले लुइसाङ्ग वाइबाले शुभकामना सहित मन्तब्य राख्दै आफूले आज नेपालको पहिचानलाई सम्बोधन गरेको उल्लेख गरे। वर्ल्ड नेवा अर्गनाइजेसन दोश्रो अधिवेसनका प्रमुख संयोजक दयारत्न शाक्य तथा उप संयोजक सिजन श्रेष्ठले पनि मन्तब्य राखेका थिए l

दोश्रो अधिवेसनको आयोजना वर्ल्ड नेवा अर्गनाइजेसनले डिसी महानगर क्षेत्रका नेवा समुदायका सशक्त तथा क्रियाशील नेपा पास पुचःअमेरिकाय(एनपीपीए) तथा नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए) को सहयोगमा भएको हो।

कार्यक्रममा क्यानडा, रसिया, नेपाल, बेल्जियम, जापान, कतार, बेलायत, पोर्चुगल, नेदरल्याण्ड, भारत, अस्ट्रेलिया तथा अन्य देशबाट सहभागीहरु आएका छन्।

दोस्रो वर्ल्ड नेवा अर्गनाइजेसनको तीन दिनसम्म चल्ने अधिवेसन मार्च २५ तारिख शुक्रबार अतिथिहरुको आगमन, दर्ता प्रक्रिया, भेटघाट तथा रात्री भोजनको कार्यक्रम गरिएको थियो।

वर्ल्ड नेवा अर्गनाइजेसनको पहिलो अधिवेसनको लन्डनमा २०११ मा भएको थियो।

प्रकाशित: १३ चैत्र २०७२ २२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App