१७ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

फोन्सेका संसदीय चुनावमा लड्ने

कोलम्बो, माघ १७- केही दिनअघिको राष्ट्रपतीय चुनावमा पराजित पूर्वजनरल सरथ फोन्सेकाले यस वर्षको अन्ततिर हुने संसदीय आम चुनावमा भाग लिने जनाइएको छ।
महिन्दा राजापक्षेका प्रतिद्वन्द्वी रहेका जनरल फोन्सेकाले चुनावमा हारेतापनि अव हुने संसदीय चुनावमा भने राजापक्षेका पार्टीलाई कडा चुनौती दिँदै उठ्ने बताइएको छ।
श्रीलङ्कामा चुनावको परिणाम आएपछि राजापक्षे र जनरल फोन्सेका बीच सङ्गीन आरोप प्रत्यारोप बढ्दै गई चरम चुलीमा पुगेको छ र दुघर्टना हुन सक्ने स्थिति रहेको जनाइन्छ।
श्रीलङ्काली राष्ट्रपतिलाई निर्वाचित भएको ६ महिना पछि संसद भङ्गगरी नयाँ निर्वाचन घोषणा गर्ने अधिकार निहित छ। रासस/एपी

प्रकाशित: १६ माघ २०६६ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App