नेपाली राजदुतावासका द्वितीय सचिव कुलबहादुर थापा मगरको प्रमुख आतिथ्य र कार्यक्रम संयोजक प्रेम सिंजालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएनएका पदाधिकारी, समाजसेवी, प्रायोजक संस्थाका प्रतिनिधि, दमाम आसपासमा रहेका प्रवासी नेपालीहरु एवं मगर संघका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
मगर संघको साउदी अरब शाखाको आयोजनमा दमामस्थित अल ख्याम प्यार्टी प्यालेसमा सम्पन्न संघको स्थापना दिवशमा गायिका निता मगर र तिलक तमूको लोक दोहोरी गीत सहित मगर जातीय भेषभुषामा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
इतिहास, भाषा, संस्कृति, संरक्षण, सम्बर्द्धन मगरहरुको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारा रहेको नेपाल मगर संघले फागुन १५ गतेलाई स्थापना दिवश मनाउदै आएको छ। यसै दिन २०३९ सालमा नेपाल लांघाली परिवार संघबाट नेपाल मगर संघमा परिणत भएको थियो। मगर संघको यस पटकको स्थापना दिवस ३४ औं हो ।
प्रकाशित: १४ फाल्गुन २०७२ २३:१८ शुक्रबार





