२८ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

साउदी अरब- रियाद स्थित एक कम्पनीमा काम गरिरहेको अवस्थामा एक नेपालीको ट्रकले किचेर मृत्यु भएको छ।


गत जनवरी १५मा साउदी अरबको रियादमा रहेको ईष्टर्न पोलस्टार्न फैक्ट्रीमा कार्यरत ओखलढुंगा माम्खा–१ का ४२ वर्षीय प्रकाश कार्कीको भारतीय चालकले चलाएको ट्रकको पछाडी चक्काले किच्दा मृत्यु भएको हो।

सोही कम्पनीमा कार्यरत अनिल खुलालका अनुसार विहान ३ बजे लोडिंग भएको ट्रक पछाडी गुडाउँदा ब्रस गरिरहेका कार्कीलाई डालाले लागेर ढलेपछि चक्काले टाउको किचेको र घटना स्थलमै मृत्यु भएको थियो। घटनामा संलग्न भारतीय चालकलाई प्रहरीले हिरासतमा लिएको र अनुसन्धान गरिरहेको छ। चालकका कारण घटना घटेको पुष्टि भए सरिया कानुन बमोजिम मृत्युदण्डको सजाय हुने वा ब्लडमनि लिएर परिवारले सजाय माफी दिन सक्नेछन्। साउदीमै कार्यरत माम्खा निवासी नवराज काफ्लेका अनुसार मृतक कार्की प्रति उनको परिवार आश्रित रहेको र परिवारमा आमा, श्रीमती र दुई छोरी छन्। आर्थिक अवस्था कमजोर रहेका मृतककी श्रीमती मिना कार्कीले कानुनी कार्वाही र उचित राहतका लागि पहल गरिदिन आग्रह गरेकी छिन्।

१५ जनवरीमाभएको घटना भएपनि ढिलो जानकारी प्राप्त गरेको नेपाली राजदुतावासले जनाएको छ। घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको कम्पनीले परिवार माफर्त सूचना प्राप्त भएपछि दुतावासले सो कम्पनीमा सोधपुछ गर्दा मालिक सम्पर्कमा आएका थिए । दुतावासको सम्पर्कमा आएका कम्पनी मालिकले प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि मृतकको लासलाई नेपाल पठाउन मन्जुर गरेको श्रमसहचारी कृष्णप्रसाद दवाडीले बताए।

प्रकाशित: १० माघ २०७२ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App