८ वैशाख २०८१ शनिबार
प्रवास

जिपी फाउन्डेशन अमेरिका च्याप्टर र न्यूयोर्क सिटी मेयर अन्तर्राष्ट्रिय समन्वय विभागबीच छलफल

गिरीजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरका पदाधिकारीहरु र न्यूयोर्क महानगर अन्तर्राष्ट्रिय समन्वय विभागका डिपुटीकमीस्नर श्दिलीप चौहानबीच विभागको न्यूयोर्क म्यानह्याटनस्थित कार्यालय २ युएन प्लाजामा सौहार्दपूर्ण भेटघाट एवं छलफल सम्पन्न भएको छ।

सो अवसरमा फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमिरे, उपाध्यक्ष श्री सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य श्रीरामचन्द्र अधिकारी र कार्यसमिति सदस्यहरु क्रमश श्री सुर्य सिंखडा र श्री ध्रुव कुँवर क्षेत्री उपस्थित थिए। उनीहरुलाई डिपुटी कमीस्ननर श्री चौहानले कार्यालयमा स्वागत गरी नेपालको सामाजिक, आर्थिक, राजनैतिक एवं समसामयिक परिस्थितिबारे जानकारी लिएका थिए।

उनीहरुलाई संक्षेपमा जानकारी गराउँदै फाउन्डेशनका अध्यक्ष श्री घिमिरेले नेपालका  केही नगरहरू विश्वकै राजधानी मानिने न्यूयोर्क महानगरसँग भगिनी नगरको रुपमा आवद्ध भै आपसमा सामाजिक, संस्कृतिक, पर्यटकीयलगायतका विषयमा अनुभव एवं प्रविधि आदान-प्रदान गर्न तीव्र इच्छुक रहेको र सोका लागि क्षेत्रगतरूपमा पूर्वदेखी पश्चिम नेपालसम्म समेटीने गरी केही नगरपालिकाहरूसँग यस्तो सम्बन्ध स्थापित गराइ सहयोग गर्न आग्रह गरे।

त्यस्तै डिपुटी कमीस्नर श्री चौहानले आफूहरू नेपाल जस्तो विकासोन्मुख देशको प्रगति र उन्नतिका लागि सक्दो सहयोग गर्न तयार रहेको, गिरीजाप्रसाद कोइराला फाउन्डेशनसँग न्यूयोर्क शहरमा कोरोना महामारीमा आफूहरूसँगै खटेर काम गरेको र फाउन्डेशनको गतिशील तथा जुझारू टीमले विगतमा समाजका लागी गरेको कामको उच्च मूल्यांकन गरेको भन्दै प्रशंसा व्यक्त गरे।

आगामी दिनमा पनि फाउन्डेशन ठोस योजनासहित अगाडि बढ्न अनुरोध गरे। लामाले नेपालका नगरहरुमा आधुनिक प्रविधि युक्त विकासको लागि न्युयोर्कको सहयोग महत्वपूर्ण हुने कुरामा जोड दिए। प्रवक्ता अधिकारीले नेपाल हिमालको राजा देश भएको र यहाँ पर्यटन प्रवर्द्धन गरी उल्लेखनिय पर्यटकहरू भित्र्याउनसकेमा दिगो विकास गर्न सकिने कुरामा जोड दिए। यसैगरी सदस्यद्वय सुर्य सिंखडा र ध्रुव क्षेत्रीले नेपालको विकासमा न्यूयोर्क शहरको सानो सहयोग पनी महत्वपूर्ण हुने कुरामा जोड दिए।

प्रकाशित: २० श्रावण २०७९ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App