जसअनुसार संस्थाको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछाने नियुक्त भएका हुन्। उनी सन् २०११ देखि १३ सम्म संस्थाको अध्यक्ष थिए। संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन भएका छन्।
यसैगरी बैठकले गैरआवासीय नेपाली संघमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका ११ जना दिग्गज ब्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ।
जसअनुसार डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्प थापा र एकनाथ खतिवडालाई सल्लाहकार नियुक्त गरिएको छ।
वैठकले बिधानअनुसार नियुक्त गर्न सकिने १५ जना मनोनित आईसीसी सदस्यहरु पनि नियुक्त गरेको छ। जसअनुसार अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचन र खगेन्द्र जिसी, एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री, युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा रजानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरके शर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री नियुक्त भएका छन्।
यसैगरी वैठकले नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णय गरेअनुसार अन्तरार्ष्ट्रिय समन्वय समितिको प्रवक्तामा रन्जु थापा वाग्लेको नियुक्तिलाई अनुमोदन गरेको छ। वैठकले विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्यासमितिको अध्यक्षमा कुलचन्द्र गौतमलाई निरन्तरता दिने निर्णय गरेको छ।
वैठकले नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न 'विपत ब्यबस्थापन समिति' गठन गरेको छ। अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित समितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिरभट्ट र रजनी प्रधान सदस्य रहेका छन्। समितिले नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडि बढाउने जनाएको छ।
प्रकाशित: ६ मंसिर २०७२ २३:२५ आइतबार





