६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

नाकाबन्दीविरूद्ध ह्वाइट हाउस अगाडि बृहत् प्रदर्शन, अाेबामालाई ज्ञापनपत्र (भिडियो)

वाशिंगटन डिसी— नेपालले संविधान जारी गरेकोमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरूद्ध अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकामा रहेका संघ तथा संस्थाको सयुक्त पहलमा ह्वाइट हाउस अगाडि बृहत् प्रदर्शन भएको छ।

अन्तरार्ष्ट्रिय कानुनको उल्लंघन गर्दै नेपालमाथि लगाइएको अमानवीय भारतीय नाकाबन्दी तत्काल अन्त्य गर्न माग गर्दै भएको प्रदर्शनमा हजारौं नेपाली सहभागी भएका छन्। प्रदर्शनमा भाग लिन अमेरिकाका १२ वटाभन्दा बढी राज्यबाट नेपालीहरू डिसी अाएर प्रदर्शन गरेका हुन्।

टाडा टाडा बाट आई पुगेका नेपालीहरुले नेपाली झन्डा, भादगाउले नेपाली टोपी, बिरोध जनाउने गरी कालो कपडा, कालो चस्मा, कालो कोट, कालो जुत्ता तथा कालो पोशकमा जुलुसमा सहभागी भए। नाकाबन्दीविरूद्ध नारा लेखेका प्लेकार्ड प्रदर्शन गर्दै जुलुसले व्हाइट हाउस वरपर परिक्रमा गरेको थियो। प्रदर्शनमा सहभागीहरूले नेपाली राष्ट्रियगान तथा राष्ट्रप्रेमी गीत बजाएका थिए।

अमेरिकामा बसोबास गर्ने नेपालीहरु पहिलो पटक यसरी एकबद्ध भइ एउटै कार्यक्रममा एउटै स्वरमा देखिएका हुन्। नेपालीबीच यस्तो एकता अमेरिकाभर यसअघि कहिलै नदेखिएको धेरैले अनुभव गरे।

नाकाबन्दी बिरुद्ध बिहान ११:३० बजेदेखि दिउँसो ३ बजेसम्म लाफायत पार्क (ह्वाईट हाउस अगाडि) विशाल प्रदर्शन गरिएको थियो।

protest3
झन्डै ५० प्रकारका बिरोध जनाउने प्रचार तथा प्रसार सामग्री, तुल, झन्डा जुलुसका सहभागीले बोकेका थिए। अंग्रेजी तथा नेपाली भाषामा लेखिएका नाराहरु व्हाइट हाउससम्म सुनिने गरी लगाएका थिए।
protest1
नेपाललाई नाकाबन्द, भारतको आँखा बन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन ,नेपाल फुटाउन गार्हो छ, जातिय सद्भाव प्यारो छ ,बुझी राख दिल्लीका नवाब, नेपालमा काम गर्दैन तिम्रो दबाव तथा मानो तेल पाथी होइन, नाकाबन्दी गर्ने साथी होइन जस्ता तुल तथा झन्डा द्वारा प्रदर्शन गर्दै बिरोध गर्दै नारा लगाएका थिए।
protest2
भारतीय नाकाबन्दीबिरुद्ध गठन भएको डिसी विरोध एकता योजना समितिले आयोजना गएको बिरोध कार्यक्रममा समितिका केही सदस्यले भारतले गरेको अघोषित नाकाबन्दीबिरुद्ध मन्तब्य राखेका थिए। चर्चित हास्य कलाकार मनोज गजूरेलले व्यंग्यात्मक शैलीमा मोदीलाई सन्देश दिनूका साथ राष्ट्रिय गीत समेत गाएका थिए।
protest5
कार्यक्रममा म्यारिल्याण्ड राज्यका इन्डीएन हेड शहरका उप नगर प्रमुख किरण सिटौलाका पिता कपिल सिटौलाले हिमाल,पहाड मधेस तथा तराईलाई प्रतिनिधित्व हुने गरि बस्त्र लगाएर जुलुसमा नारा लगाउँदै हिडेका देखिन्थे।

जुलुसका सहभागीले अमेरीकाका राष्ट्रपति, अमेरिकाका परराष्ट्रमन्त्री जोन केरी तथा भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाए।

भिडियाे

प्रकाशित: ६ मंसिर २०७२ २३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App