७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

मलेसियामा एक म्याग्देलीको निधन

म्याग्दी–रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देलीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।खाना खाएर सुतेका उत्तरी म्याग्दीको दाना गाविस १ काभ्रेका सम बहादुर पुनलाई विहान साथीहरूले उठाउदा ओछयानमै मृत भेटिएको कम्पनीमा कार्यरत म्याग्देलीले बताएका छन्। ११ महिना अगाडी मात्रै रोजगारीको लागि मलेसियामा आएका पुनको मृत्यु भएपछि पोष्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको कम्पनीमा कार्यरत कुहुँ–६¥यालेखोरका बलबहादुर दर्जीलाई उद्धित गर्दै मलेसियाबाट यामलाल सापकोटाले बताए ।

'परिवारलाई सम्पर्क गर्ने प्रयास भइरहेको छ । यहाँ मृत्युहुने अधिकांश नेपाली सुतेकै अवस्थामा हुने गरेको छ,' उनले भने । मृतकको पासर्पोट नं ०७५४८०७९ रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर पुनको शव नेपाल पठाउने तयारी भइरहेको छ । बेनीस्थित रेम्बो ओभरसिजबाट गएका उनको विमा सहित अन्य सुविधाका लागि समेत दुतावासमा सम्पर्क गरिएको छ । बर्षेनी सुतिरहेको अवस्थामा मृत्यु हुने कमदारको संख्या बढेपनि त्यसका बारेमा आवश्यक सुरक्षासर्तकता नअपनाउदा ज्यान गुमाउने कामदारको संख्या बढिरहेको छ ।

प्रकाशित: १ मंसिर २०७२ २२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App