गैरआवासीय नेपाली संघ आयरल्याण्ड र आयरल्याण्ड–नेपाल सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा डब्लिन लोर्ड मयोर कौन्शिल्लर ग्रेग केल्ली प्रमुख अतिथि थिए। कार्यक्रममा क्षेत्रीले नेपालको पर्यटनसम्बन्धी अवधारण प्रस्तुत गरेका थिए। उनले आयरल्याण सरकारले गरेको सहयोग र सद्भावका लागि नेपाल सरकारको तर्फबाट आभार ब्यक्त गरे। क्षेत्रीले भूकम्पपछि आयरल्याण्डले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न लगाएको रोकलाई तत्काल फुकुवा गर्न आग्रह गरे।
कार्यक्रममा आयरल्याण्डका पूर्वविदेश राज्यमन्त्री जो कोस्तेल्लोले नेपालमा भूकम्पले भएको धनजनको क्षतिप्रति दुःख ब्यक्त गर्दै नेपालको सहयोगका लागि सरकारीस्तरबाट पहल गर्ने बचन दिए। सांसदसमेत रहेका कोस्तेल्लोले नेपाल सरकार र आयरल्याण्डसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन आर्थिक, सामाजिक र राजनीतिक रुपमा पारस्परिक सम्बन्ध विकास गर्ने उद्देश्यले आयरल्याण्ड संसदमा एक संसदीय समूहको गठन गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दीपेशमान शाक्यले भूकम्पले गरेको पर्यटकीय तथा मानवीय क्षतिसम्बन्धी विवरण प्रस्तुत गर्दै नेपालको पर्यटकीयस्थल मध्ये करिब १५ प्रतिशत मात्र भूकम्पले क्षति पुर्याकएको तथ्यांक सार्वजनिक गरे।
अलिसोन इर्विनले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व डब्लिन लोर्ड मेयोर तथा यूरोपीयन संसद सदस्य, एमर कोस्तेल्लो, लोर्ड मेयर प्रतिनिधि ग्रेग केल्लीलगायतले नेपालको पर्यटन विकासप्रति चासो राख्दै यसका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्न प्रतिबद्धता जनाए।
कार्यक्रममा टुर अप्रेटर, हिमाल ओरोही, ट्राभल राइटर, पर्यटन व्यवसायी, एरलाइन्स, टाभल एजेन्जी, सरकारी अधिकारीलगायत स्थानीय नेपाली समुदायको उपस्थिति थियो। नेपालमा भएको बिनासकारी भुकम्प पछि दूतावासले यसअघि आइसल्याण्डमा यस्तै पर्यटन सम्बन्धी कार्यक्रम गरेको थियो।
यसैबीच कार्यबाहक राजदुत क्षत्रीले आयरल्याण्ड सरकारको निम्तोमा स्वतन्त्र दिवसको स्मृतिसभामा भाग लिए। सोही अवसरमा उनले विदेश मन्त्रालयअन्तर्गतको एसिया प्यासिफिक क्षेत्रकी निर्देशक मिव कोलिङससँग शिष्टचार भेट गरे ।
प्रकाशित: २९ असार २०७२ ०८:५९ मंगलबार





