६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

भूकम्प पीडितलाई स्वीन्डनबासीको ३२ लाख रुपैयाँ

लन्डन–विल्शारस्थित स्वीन्डनमा बसोबास गर्ने नेपाली समुदायले भूकम्प पीडितका लागि ३२ ल्ााख रुपैयाँ (२० हजार पाउण्ड) सहयोग जुटाएका छन्। उक्त रकम गैरआवासीय नेपाली संघ परोपकार कार्यदलका सहसंयोजक कुल आचार्य र गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष महेन्द्र कंडेललाई हस्तान्तरण गरिएको छ।नेपाली एसोसियसन अफ विल्शारका अध्यक्ष राजनकुमार क्षेत्रीले आइतबार सो रकमको चेक हस्तान्तरण गरेका हुन्।संकलित रकम गैरआवासीय नेपाली संघमार्फत् भूकम्प पीडितसमक्ष पुर्याइने भएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य कुल आचार्यले भूकम्प पीडितका लागि उठाइएका सहयोग खर्चसमेत नकटाई पीडित समक्ष पुर्याइने बताए। उनले गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग भूकम्प प्रभावित क्षेत्रमा सहकार्य गरिरहेको जानकारी दिए। उनले नेपाल सरकारले तोकेको मापदण्डअनुरुप गैरआवासीय नेपाली संघको सहकार्यमा भूकम्प पीडित क्षेत्रको पुनर्निर्माणमा उक्त रकम खर्च गरिने बताए।

गैरआवासीय नेपाली संघका अर्का सल्लाकार विश्वआर्दश पण्डितले विदेशमा मेहनत गरेर संकलन गरेको सहयोगको महत्व गैरआवासासीय नेपालीले मात्र बुझ्ने भन्दै गैरआवासीय नेपाली संघमार्फत् भूकम्प पीडितलाई सहयोग गर्दा विश्वभर सकरात्मक संचार गर्ने बताए। उनले गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा एक हजार घर बनाउने योजना सार्वजानिक गरिसकेको बताउँदै बेलायतस्थित सबै संघसंस्थालाई थप सहयोगका लागि अपिल गरे।

गैरआवासीय नेपाली संघ यूके अध्यक्ष महेन्द्र कंडेलले भूकम्पपछि सबै नेपालीमा एकताको खाँचो रहेको बताए। सोही कार्यक्रममा एसोसियएसनले भूकम्प पीडित पत्रकारका लागि नेपाल पत्रकार महासंघ यूके शाखा मार्फत ५ सय पाउण्ड प्रदान गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७२ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App