नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कैलाली जिल्लाको समग्र विकास आफ्नो प्रमुख प्राथमिकता हुने दाबी गरे ।
उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित: ६ माघ २०८२ १६:३७ मंगलबार





