३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

मनोनयन दर्तापछि विनोद चौधरीको दाबी: मैले जेन–जी मुभमेन्टको मर्म बुझेको छु

अर्बपति व्यवसायी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफू राजनीतिक परिवर्तनको पक्षमा रहेको दाबी गरेका छन्। मंगलबार नवलपरासी(पश्चिम)–१ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता पछि चौधरीले यस्तो बताएका हुन्। 

‘म राजनीतिक परिवर्तनको पक्षमा छु। आर्थिक रूपान्तरणको पक्षमा छु। र, जेन–जी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु,’ चौधरीले भने, ‘म यहाँबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको छ।’ 

सबैले प्रत्यक्ष देख्न सक्ने गरी नवलपरासी पश्चिमको विकास अभियान अगाडि बढेको उनले दाबी गरे। ‘यस अभियानलाई पूर्णता दिन आवश्यक छ। त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारी दर्ता गरेको छु,’ चौधरीले भनेका छन्। 

प्रकाशित: ६ माघ २०८२ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App