७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

भूकम्प पीडितका लागि अमेरिकास्थित नेपालीहरुले उठाए करिब ५५ लाख

वाशिंगटन डिसी- भूकम्पपीडितको सहयोगका लागि अमेरिकाको वाशिंगटनका बासिन्दा र विभन्न संघसंस्थाले करिब ५५ लाख रुपैयाँ संकलन गरेका छन्। उक्त संकिलत रकम प्रधानमन्त्री कोषमा जम्मा गर्नेगरी अमेरिकास्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीलाई हस्तान्तरण गरिएको छ।'नेपाल महाभूकम्प राहत कोष हस्तान्तरण समारोह बोस्टन'नामक एक विशेष कार्यक्रममा राजदूत कार्कीलाई ५४ हजार ९ सय ४२ डलर ६४ सेन्ट्स हस्तान्तरण गरेको जिबिएनसीका पूर्वअध्यक्ष मिलन गुरुङले बताए।

उनका अनुसार बोस्टन तथा न्युइङ्ल्याण्ड वरिपरि बसोबास गर्ने नेपाली, भुटानी, भारती, पाकिस्तानी, बंगलादेशी, श्रीलंकन र अमेरिकन समुदायहरुले नैतिक समर्थनको साथै आर्थिक सहयोग गरेका थिए।

उक्त रकम हिमालयन बिस्ट्रो परिवार, सहयोगी हातहरु, अमित दिक्षित, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी, पंकज खड्का, ग्रेटर बोस्टन नेपाली कम्युनिटी, हिमालयन लायन्स क्लब, केप कड नेपाली कम्युनिटी, बोस्टन लोक सुसेली समूह र पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंग्ल्यान्डका पदाधिकारीहरु तथा विभिन्न संघ संस्थासँग आबद्ध व्यक्तिहरुको बिशेष पहल र सक्रियतामा संकलन गरिएको थियो।

रकम संकलन कार्यक्रम अझै जारी रहेको एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसीले बताए।

प्रकाशित: २२ जेष्ठ २०७२ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App