महाभूकम्पले पुर्याएको महाविपत्तीको सामना गर्न नेपाललाई अहिले अन्तर्राष्ट्रिय समुदाय र दाताहरुले सहयोग गरिरहेको उल्लेख बताए। ‘हामीले पाएको सहयोगको सदुपयोग गर्दै थप र आवश्यक सहयोगको आह्वान गर्नुपर्छ,’ राजदूत कार्कीले भने, ‘तर, सरकार, राजनीतिक दल तथा कुनै पनि संस्थाहरु अहिले गालिगलौज, आरोपप्रत्यारोप र शंकाउपशंकामा उत्रिनु हुँदैन।’
महाविपत्को यो सम्बेदनशील अवस्थामा अनावश्यक टिकाटिप्पण गर्नुभन्दा आपसी विश्वास बढाउँदै काम गर्नु पर्ने र सबै एकजुट हुनु पर्ने बताए। राजदूत कार्कीलाई अमेरिकामा स्वागतगर्न आयोजना गरिएको उक्त कार्यक्रममा राजदूत कार्कीले विनासकारी महाभूकम्पले नेपालमा पुर्याएको क्षति, उद्धार र राहत वितरणको कार्यका बारेमा जानकारी गराएका थिए।
उनले आफू आएको पहिलो दिन नै अमेरिकी विदेशमन्त्री जोन केरी र उपमन्त्री तथा सहायकमन्त्रीलाई भेटेर नेपालको अवस्थाबारे जानकारी गराएको बताए। राजदूत कार्कीले आफू अमेरिका आएको दोस्रो दिन नै लिखित रुपमा टेम्प्रोरी प्रोटेक्टेड स्ट्याटस(टिपीएस) बारेमा पत्राचार गरिसकेको बताउँदै मे १८ तारिख सोमबार राष्ट्रपति बाराक ओबामालाई ओहदाको प्रमाण पत्र बझाउने बताए। त्यसअवसरमा राष्ट्रपति ओबामा समक्ष नेपालको वस्तुस्थितिबारेमा थप कुराहरु राख्ने उनले बताए।
प्रकाशित: २ जेष्ठ २०७२ २०:५० शनिबार





