उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनले काठमाडौं क्षेत्र नम्बर-३ बाट मनोनयन दर्ता गराएका हुन्।
निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका घिसिङले अन्तरिम सरकार गठन गरेर निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। पछि आफ्नै नेतृत्वमा उनले उज्यालो नेपाल पार्टी गठन गरि राजनीतिमा होमिएका हुन्।
निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता गरेपछि घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टीसँग एकताको सहमतिमा पुगेका थिए। पार्टी एकतापछि उज्यालो नेपाल पार्टीको अस्तित्व नरहने अवस्था आएको बताउँदै सहमति भंग गरे।
आफूले पार्टीभित्र कुनै पनि पद नपाएको भन्दै उनले १२ दिनमै पार्टी एकता भंग गरेका थिए।
प्रकाशित: ६ माघ २०८२ १४:५५ मंगलबार





