एनआरएनले साउदी अरबको अबकिक, उदैलिया, खोबर, दमाम, जुबैल, कतिफ, तारुत, जेद्धा, यान्बु, रबिग, रियाद, हफर अल बातेन, ताबुक, अलकसिमलगायत स्थानबाट रकम सकंलन गरेको छ।
त्यसैगरी लुम्बिनी प्रवासी सम्पर्क मञ्चसमेत समाहित रहेको महाभूकम्प उद्धार कोष समितिले २० हजार रियाल संकलन गरेको छ। समितिले संकलित रकममध्येबाट सिर्जनशील बाल क्लबमार्फत गोर्खामा ५० हजार रुपैयाँ र न्यूज अभियान डट कममार्फत् सिन्धुपाल्चोकको जंगलछापमा ५० हजार १ सय ११ रुपैयाँ पठाएको प्रवक्ता विरेन्द्रकुमार चौधरीले बताए। संकलित रकम भूकम्पबाट टुहुरा भएका बालबालिकाको लालनपालन र भत्केका धार्मिक तथा ऐतिहासिक संरचनाको पुनःनिर्माणमा सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा प्रदान गरिने छ।
यसैगरी जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेन्ट र काबलेनले २० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। साउदी अरबमै कार्यरत नेपालीको सन्जाल नेपाल साउदी हेल्पिङ हेन्ड्सले भने २५ हजार रुपैयाँ पोषणयुक्त आहारा वितरणमा सहयोग गरेको छ। यहाँस्थित नवलपरासी सम्पर्क मञ्च, अर्घाखाची सम्पर्क मञ्च, स्मृति बचत तथा परोपकारी कोषलगायत सामाजिक संस्थाले पनि भूकम्पपीडितका लागि राहत संकलन गरेका छन्।
यहाँका नेपालीको बाहुल्य रहेका कम्पनीमा पनि सहयोग संकलन गरिएको छ। भूकम्पपीडितलाई राहत दिन यहाँस्थित नेपालीले आफू कार्यरत कम्पनी र नेपालीको जमघट हुने स्थलबाट समेत सहयोग संकलन गरेका थिए। नेपालीलाई विशेष गरेर फिलिपिनी, भारतीय, पाकिस्तानी, साउदीलगायतले पनि सहयोग प्रदान गरेका छन्।
विभिन्न संघसंस्था र व्यक्ति विशेषले समेत भूकम्पपीडितका नाममा संकलन गरेको रकम ४० लाख बढी भएको अनुमान छ। भूकम्पबाट यहाँ कार्यरत ४० प्रतिशत कामदार प्रभावित भएको अनुमान एनआरएनका केन्द्रीय सदस्य भोला पौडेलको छ।
प्रकाशित: २७ वैशाख २०७२ २०:०० आइतबार





