एनआरएन मलेसियाले आफ्ना सदस्य सग उक्त रकम संकलन गरेको हो। संकलित रकम प्रधानमन्त्री राहात कोषमा जम्मा गरिने एनआरएन मलेसियाका अध्यक्ष शंकरबहादुर पौडेलले जनाकारी दिएका छन्। पौडेलले भुकम्पपीडित नेपालीका लागि थप रकम र लत्ता कपडा संकल गरी नेपाल पठाइने बताए। एनआरएन मलेसियाले भूकम्प पीडितका लागि सहयोग गरिदिन मलेसियामा रहेका सबै नेपालीलाई आह्वान गरेको छ ।
यसैगरी प्रवासी नेपाली मन्च मलेसियाले अध्यक्ष राजेन्द्रप्रकाश भण्डारीको संयोजकत्वमा सन्तोष कार्की, योगेन्द्र कुवर,राजेन्द्रकुमार श्रेष्ठ र हरि भट्टराई सदस्य रहेको ५ सदस्यीय समिति बनाएर राहात संकलन अभियानमा जुटेको छ। अभियान थालेको दुई दिनमै ५ लाख रुपैंया संकलन भएको महासचिव कुमालले जानकारी दिएका छन्। थप रकम संकलन गरेर प्रधानमन्त्रीको राहत कोषमा रकम जम्मा गरिने दयाराम कुमालले बताए ।
प्रकाशित: १३ वैशाख २०७२ २०:२५ आइतबार





