७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

मलेसियामा दुई महिनादेखि नेपाली युवक बेपत्ता

क्वालालाम्पुर– मलेसियामा एक नेपाली युवक बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक सुङ्गुरेका संनजलाल तामाङ मलेसियाको ग्यान्तिङ हाइल्याण्डबाट बेपत्ता भएको मलेसियामै रहेका उनका मामा शम्भु तामाङले जानकारी दिएका छन्।उनले संन्जलाल बिगत २ महिनाबाट सम्पर्क विहीन भएको बताए। एकवर्ष अघी मलेसियामा आएका संन्जलाल कम्पनीले भने अनुसार सेवा सुविधा नदिए पछि अबैधानिक भएर ग्यान्तिङ हाइल्याण्ड सुरक्षा गार्डको काम गर्दै आएका थिए। मलेसियामा भने जस्तो कमाइ नभए पछि उनले यँहा आउदा लिएको ऋण समेत तिर्न सकेका छैनन्।

धन कमाउन आएका छोरा बेपत्ता भएपछी घरमा बावु आमा चिन्तामा छन्। बेपत्ता भएका संन्जलालकी आमा माया तामाङले छोरा बेपत्ता भएको खबर सुनेर रुदै दिन काट्ने गरेको नागरिक न्युजलाई टेलिफोनमा बताइन्। उनले छोराको खोजी गरिदिनका लागि मलेसियाको नेपाली दुतावासमा खबर गरिदिन समेत आग्रह गरिन्।

प्रकाशित: १० वैशाख २०७२ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App