६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

हड्तालमा उत्रिएका नेपाली काममा फर्किए

मलेसिया– काम छोडेर हिजो हड्तालमा उत्रिएका मलेसियाको पोर्ट केलाङनजिकै रहेको मेडिप्रो कम्पनीमा काम गर्दै आएका ९३ नेपाली आजदेखि काममा फर्किएका छन्।
कम्पनीले सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै उनीहरू सामूहिक राजीनामा दिएर हड्तालमा उत्रिएका थिए। हडतालका कारण हिजो दिनभर कम्पनी बन्द रह्यो।
नेपाली कामदारलाई कम्पनीले यसअघि दिँदै आएको सुविधा कटौती गरी उनीहरूलाई कन्ट्र्याक्टमा हालेको थियो। नयाँ व्यवस्थाअनुसार कामदारले होस्टल तथा यातायातको सुविधा, बोनस र मेडिकल सुविधा पाउँदैनन्। यसैगरी छुट्टीसमेत नयाँ व्यवस्थाअनुसार नपाउने भएपछि त्यसको विरोधमा कामदार उत्रिएका थिए।
कम्पनी व्यवस्थापनले सम्झौताबमोजिम सवै सेवा सुविधा दिने आश्वासन दिएपछि नेपाली कामदार काममा फर्किएका हुन्।

प्रकाशित: ६ पुस २०७१ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App