ईन्टरनेशनल रिक्रुटमेण्ट मेनपावर बालकुमारीबाट १० महिना अघि मलेसिया पुगेका कार्कीले गत शुक्रबार सेलेङ्गरको बातुकेभस्थित आफ्नै होस्टलभित्र कोखामा चक्कु हानेर आत्महत्याको प्रयास गरेका थिए।
बरबराउँदै जथाभावी छातीमा चक्कु हानीरहेको अवस्थामा भेटिएका कार्कीलाई उनका साथीहरुले रोकेका थिए। आफैँले हानेको चक्कुको चोटका कारण छातीको दुई ठाउँमा गहिरो चोट लागेको छ। उनलाई नेपाल पठाउन मलेसियामा कार्यरत नेपाली तथा मलेसियन नागरिकबाट आर्थिक सहयोग उठाउने काम भइरेको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए।
अहिले घाइते कार्कीको सेलेङ्गरस्थित सेलाङ्ग अस्पतालमा उपचार भइरहेको छ ।
मलेसिया पुगेको एक वर्ष पुग्न दुई महिना मात्र बाँकी रहँदा खेमले परिवारिक तनावकै कारण आत्महत्याको प्रयास गरेको अनुमान गरिएको छ।
केही समयअघि देखि मानसिक समस्या देखिएका कार्कीको श्रीमती र एक छोरी छन्। सँगै काम गर्दैआएका उनका साथीहरुका अनुशार कार्कीलाई एक महिनाकालागि अस्पतालको मानसिक गृहमा राखिएको छ।
आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि घर फर्कन खोजेका कार्कीलाई कम्पनीले 'लेबी तिर्नुपर्ने वा एक बर्ष पुरा भएपछि मात्र नेपाल फर्कन पाइने' बताएपछि आत्महत्या गर्न खोजेको हुनसक्ने साथीहरुले अनुमान गरेका छन्। मलेसिया पुगेदेखि नै ओभर टाईमको काम पाएका कार्कीले काम नगरेपछि कम्पनीले ओभर टाईम कटाएको थियो।
प्रकाशित: २६ भाद्र २०७१ २२:१४ बिहीबार





