४ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

एनआरएन कोरियाद्वारा बाढीपीडितलाई १८ लाख संकलन

दक्षिण कोरिया– एनआरएन कोरियाले नेपाल सुनकोसी बाढीपीडितको राहतका लागि १८ लाख रुपैयाँ संकलन गरेको छ। सिओलमा आइतबार पत्रकार सम्मेलन गरी उसले १ करोड ३७ लाख कोरियन वन संकलन भएको जनाएको हो।
सुनकोसी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरिने एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवरले जनाए। पीडितसम्म रकम पठाउने गृहकार्य भइरहेको र रकम चाँडै नेपालमा हस्तान्तरण गरिने उनले जनाए।
कोरियामा रहेका ४० भन्दा बढी संघसंस्था तथा समुदायको सामूहिक प्रयासमा यो रकम संकलन भएको हो। यसबाहेक पनि केही रकम संकलनको क्रममा रहेको र केहीले रकम जम्मा गर्ने जानकारी दिएको पनि एनआरएनकोरियाले जानकारी दिएका छ ।
नेपाल योङ स्टार ग्रुपले सबैभन्दा बढी ३ लाख ५० हजार रकम हस्तान्तरण गरेको थियो। कोरियामा रहेका एनआरएन क्षेत्रीय समितिहरू, इपिएस छिन्गु, ख्वावान्जु, जनअधिकार मञ्च, क्रियटिभ एम्बिसन नेपाल (किम्फो), प्रवासी नेपाली मञ्च(ओएनएफ)लगायत ४० संघसंस्थाले रकम सहयोग गरेका हुन्।
कोरियामा यसअघि ठकुरी समाजले ४ लाख ७० हजार संकलन गरेको थियो। सो रकमसमेत कोरियाबाट आफ्ना प्रतिनिधिबाट नेपाल पठाउने तयारी भएको समितिका सुनकोसी बाढीपीडित संयोजक सर्वजित साहले बताएका छन्। यो समेत गरी कोरियामा सुनकोसी बाढीपीडितका लागि २३ लाखभन्दा बढी संकलन भएको छ।

प्रकाशित: १५ भाद्र २०७१ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App