४ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

खाडीमा अलपत्र परेकालाई सघाउन एनआरएनद्वारा सम्झौता

काठमाडौं— देशमा कार्यरत नेपाली महिला श्रमिकको उद्दार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) र गैरसरकारी संस्था 'पौरखी'बीच सम्झौता भएको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले र पौरखीकी अध्यक्ष मञ्जु गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापछि गैरआवासीय नेपाली संघले आफ्नो संजालमार्फत् खाडी लगायतका मुलुकमा अलपत्र परेका बिशेषत: महिला कामदारको उद्दारका लागि पौरखीसँग मिलेर काम गर्नेछ। उनीहरुलाई कानुनी सहायता प्रदान गर्ने, सुरक्षित आप्रवासन सम्बन्धमा सचेतना कार्यक्रम संचालन गर्नेर स्वदेश फर्किएका नेपाली आप्रवासी कामदारलाई उद्यमशीलता विकासमा सहयोग गर्न दुवै संस्था मिलेर काम गर्ने सहमति भएको छ।

'हामीले पहिले पनि अनौपचारिक रुपमा पौरखीसँग मिलेर काम गरेका थियौं' अध्यक्ष घलेले भने–'अब हाम्रो औपचारिक सम्बन्ध सुरुभएको छ, सुरक्षित आप्रवासनका यो निकै अर्थपूर्ण साझेदारी हुनेछ।' पीडित महिला कामदारलाई मनोबैज्ञानिक तथा सामाजिक परामर्श समेत प्रदान गरिने उनले जानकारी दिए।

पौरखीकी अध्यक्ष गुरुङले दुःखमा परेका नेपाली दिदीबहिनीलाई उद्दार गर्न आफ्नै नेटवर्क नहुँदा असजिलो भइरहेको र अब एनआरएनसँग मिलेर काम गर्दा सजिलो हुने विश्वास व्यक्त गरिन्।

पौरखीले काठमाडौं लगायत १६ जिल्लामा बिदेशबाट फर्किएर आएका बिशेषत: महिलालाई परामर्श, पुनःस्थापना र उद्यमशीलता विकासमा सहयोगी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १३ भाद्र २०७१ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App