७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

एनआरएन–वाक फ्रि फाउन्डेसनबीच सम्झौता

मेलवर्न– गैरआवासीय नेपाली संघ (एनआरएन) ले मानव बेचबिखन र दासता उन्मुलन कार्यमा अग्रणी बिश्वब्यापी परोपकारी संस्था वाक फ्रि फाउन्डेसनसँग सम्झौता भएको छ। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र वाक फ्रि फाउन्डेसनकी कार्यकारी निर्देशक फिओना डेभिडवीच शुक्रबार अष्ट्रेलियाको मेलवर्नमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।अष्ट्रेलियाका धनाढ्यको सूचीमा ७ औं नम्बरमा रहेका एन्ड्रयु फरेष्ट र उनकी पत्नी निकोला फरेष्टले स्थापना गरेको 'वाक फ्रि' फाउन्डेसनले विश्वका १५ मुलुकमा मावनबेचबिखन र दासता उन्मुलनसम्बन्धी अभियान संचालन गर्दै आएको छ  फरेष्ट दम्पतीले आफ्नी छोरीले नेपाल भ्रमणमा रहेका बेला एक अनाथालयमा मानव बेचबिखन र दासताको अवस्था प्रत्यक्ष देखेपछि सन् २०१२ मा यो संस्था स्थापना गरेका हुन्। वाक फ्रि फाउन्डेसनले आफ्नो कार्यक्षेत्रको १६ औं मुलुकका रुपमा नेपाललाई छनौट गरेको हो।

'वाक फ्रि फाउन्डेसनजस्तो ठूलो संस्थासँग सम्झौता हुनु गैरआवासीय नेपाली संघको महत्वपूर्ण उपलब्धि हो', हस्ताक्षर कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष घलेले भने-'खाडी लगायत श्रम गन्तब्यमा बेचिन र दासता सहन बाध्य नेपालीहरुका हितमा काम गर्न हामीले बलियो साझेदार पाएका छौं।'

बिदेशमा दासता भोग्न बाध्य नेपाली र उनीहरुको नेपाल स्थित परिवारको उत्थानका लागि वाक फ्रि फाउन्डेसनसँग मिलेर गैरआवासीय नेपाली संघले काम गर्ने उनले जानकारी दिए। 'नेपालमा काम गर्ने वाक फ्रि फाउन्डेसनको प्रतिबद्धताले नेपालमा दासता उन्मुलनका क्षेत्रमा निकै ठूलो अर्थ राख्नेछ' उनले भने।

मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा स्थानीय संचारकर्मी, एनआरएन बैदेशिक रोजगार राहत कोषकी उपाध्यक्ष दीपा राई, नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष सुधिर शाक्य तथा भिक्टोरिया क्षेत्रमा रहेका नेपाली समुदायका प्रतिनिधिको उपस्थिति थियो।

प्रकाशित: १९ श्रावण २०७१ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App