१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

पहिलोपटक अनलाइन मतदानबाट चुनियो एनआरएनए यूकेको नेतृत्व

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको इतिहासमा पहिलोपटक अनलाइन मतदान मार्फत नेतृत्व चयन भएको छ।  

गत सोमबार सम्पन्न निर्वाचनको पछिल्लो परिणाम अनुसार अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन्। ११ हजारभन्दा बढी मतदाता रहेको एनआरएनए यूकेको निर्वाचनको व्यवस्थापनको जिम्मा बेलायती कम्पनी च्वाइस भोटिङले लिएको थियो।

एनआरएनए यूकेको निर्वाचन समितिले शनिबार विहान सार्वजनिक गरेको परिणाम अनुसार गाहामगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका छन्।

यस्तै अध्यक्षका अन्य  दुई प्रत्यासी दीपक श्रेष्ठले २ हजार १ सय ९१ र रोजिना प्रधान राईले २ हजार १ सय ४८ मत प्राप्त गरे।अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ।

यस्तै गैरआवासीय नेपाली संघ यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन्। सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४, तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाएको निर्वाचन समितिले जनाएको छ।  

महिला उपाध्यक्षमा मतसहित शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन्। उनका दुई प्रतिस्पर्धी सरस्वती केसी २१५२ र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गरे।  

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत पाए।

राष्ट्रिय समिति उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाएका छन्। संघको महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएकी छन्। उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याएका छन्।

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारेका छन्। युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भएका छन्।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए।

परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए। 

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी  दिवाकर पाण्डेले २ सय ५० मत ल्याएका छन्। स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भएका छन्। सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन्।

घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन्। इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्द्वी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आएको छ।

यस्तै गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्यमा राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, दिनेश घिमिरे, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल निर्विरोध चयन भएका छन्।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन आगामी अक्टोवर २३ देखि २५ तारिखसम्म काठमाडौं हुने बताएको छ। संघको आगामी केन्द्रीय नेतृत्वको लागि समेत डिजिटल मतदान गर्ने तयारी गरिएको छ।

प्रकाशित: २३ श्रावण २०७८ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App