६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

मेलबर्नको पुस्तकालयमा नेपाली शाखा

मेलवर्न— मेलवर्न स्थित कोबर्ग लाइब्रेरीमा नेपाली भाषको पुस्तकहरुको संग्रह संचालनमा आएको छ। अप्रिल १५ मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कोबर्ग लाइब्रेरीमा नेपाली संग्रहको औपचारिक शुभारम्भ गरिएको थियो।लाइब्रेरीमा नेपाली भाषा, साहित्य, काला संस्कृति सम्बन्धी पुस्तकहरु, नेपालको ईतिहास, भुगोल र राजनीति सम्बन्धी पुस्तकहरु, बालकथा एवं बाल साहित्य, नेपाली भिसिडीहरु, नेपाली पत्रपत्रिकाहरु उपलब्ध गराइएको छ।

नेपाली संग्रह सार्वजनिक कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली बाणिज्यदुत चन्द्र योञ्जनले मोरल्याण्ड धेरै नेपालीहरुको घर बनेको विचार ब्यक्त गरेका थिए। उनले पुस्तकालयमा राखिएका नेपाली भाषाका पुस्तकका साथै सम्बन्धित सामाग्रीहरुले अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुका साथै अष्ट्रेलिया सरकारले पुर्नस्थापना गरेका नेपालीभाषी भुटानीहरुको लागि लाभदायी हुने दाबी गरेका छन् ।

कार्यक्रममा भिक्टोरियन बहुसाँस्कृतीक समितिका अध्यक्ष चिन तानले अष्ट्रेलियामा बसोबास गरीरहेका नेपाली समुदायको अथक परिश्रम र लगावका कारण नै नेपालीहरुले विदेशमा समेत स्वदेशी पुस्तकको संकलन गरेर नेपालको भाषा संरक्षण र प्रबद्र्धन गर्नेतर्फ अगाडी बढाएको बताए।

कार्यक्रममा मोरल्यान्ड सिटि काउन्सिलका मेयर लाम्ब्रोस टापिनोसले लाईब्रेरीमा पुस्तक उपलब्ध गराएकोमा नेप्लिज असोसियसन अफ भिक्टोरिया र ग्लेनरोय भुटनिज सिनियर ग्रुपलाई धन्यवाद ज्ञापन दिएका थिए ।

मोरल्याण्ड सिटी काउन्सिलमा रहेको यो लाइव्रेरी भिक्टारियाकै दोस्रो धेरै भाषाका पुस्तक सुविधा भएको लाईब्रेरीका रुपमा चिनिन्छ । यहाँ विभिन्न १७ थरीका भाषाका पुस्तकहरु उपलब्ध छन् जहाँ भिक्टोरियाका बारेमा विभिन्न आधिकारीक तथ्यांकका साथै यस स्थानका बारेमा जानकारीहरु समेत उपलब्ध छन् ।

यसअघि न्यु साउथ वेल्स राज्यको सार्वजनिक पुस्तकालयले नेपाली शाखा स्थापन गरको छ साथै सिड्नीको रकडेल सिटी काउन्सिलको पुस्तकालयमा पनि नेपाली भाषाका पुस्तक उपलब्ध छन् ।

प्रकाशित: ४ वैशाख २०७१ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App