६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

भारतमा लोकसभा चुनाव सोमबारदेखि

काठमाडौं– भारतमा लोकसभाका लागि आम चुनाव चैत २४ गते सोमबारदेखि सुरु हुँदैछ। चुनाव आयोगले १६औं लोकसभाका लागि नौ चरणमा चुनाव गराउँदैछ। लोकसभाका लागि चैत २४ गते सुरु चुनाव पाँच सातामा सकिनेछ। आन्ध्र प्रदेश, उडिसा र सिक्किममा भने लोकसभासँगै विधानसभाको पनि चुनाव हुनेछ। मत गणना भने चुनाव सकिएको ९ दिनपछि मात्र हुनेछ।


चुनाव आयोगले यसपल्ट भारतमा ८१ करोडभन्दा बढी मतदाता रहेको जनाएको छ। आयोगका अनुसार गएको आम चुनावभन्दा यसपल्ट १० करोड मतदाता बढी छन्। भारतको पहिलो आम चुनावमा कुल १७.६ करोड मतदाता थिए। आयोगका अनुसार आम चुनावमा ९ लाख ३० हजार मतदान केन्द्र स्थापना गरिको छ। गएको आम चुनावमा भने ८ लाख ३० हजार मतदान केन्द्र थिए। चुनावमा १ करोड १० लाख सुरक्षाकर्मी परिचालन गरिने आयोगले जानकारी दिएको छ।
आचार संहितामा नयाँ व्यवस्था
आयोगले यसपल्टको चुनाव आचार संहितामा केही नयाँ व्यवस्था लागु गरेको छ। निष्पक्ष र स्वतन्त्र चुनाव सुनिश्चित गर्न कैयौं उपाय अपनाइएको पनि आयोगले जनाएको छ। 
आयोगले लोकसभाको चुनाव प्रचारका लागि एक जना उम्मेदवारले भारतीय रुपैयाँ ७० लाखसम्म खर्च गर्नसक्ने सीमा तोकेको छ। यसअघि भने चुनाव प्रचारमा ४० लाखसम्म मात्र खर्च गर्न पाइन्थ्यो। 
यसपल्ट मतदाताले 'कुनै पनि उम्मेदवार मन परेन' भन्ने विकल्प छान्न सक्नेछन्। गएको विधानसभा चुनावमा भोटिङ मेसिनमा यो प्रावधान लागु गरिएको थियो।
भारतको तल्लो सदन लोकसभामा कुल ५ सय ४३ सदस्य हुन्छन्। कुनै पनि राजनीतिक दलले केन्द्रमा सरकार गठन गर्न कम्तिमा पनि २ सय ७२ सांसदको समर्थन चाहिन्छ।

प्रकाशित: २३ चैत्र २०७० ००:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App