६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

टीडब्लूसीले अमेरिकी सुमुन्द्री तटका सबै देशहरुलाई सुनामी आउन सक्ने तर्फ सजग गराएको छ। अमेरिकी जियोलोजिकल सर्वेले भूकम्पको केन्द्र समुन्द्र मुनि भएको बताएको छ। यो क्षेत्र इक्विक्यूबाट ८६ किलोमिटर उत्तर-पश्चिममा रहेको छ। समाचार एजेन्सीहरुका अनुसार चिलीमा समुन्द्री तटमा दुई मिटर पानीको बहाव बढेको छ। अधिकारीहरुले समुन्द्री इलाकालाई छिटो भन्दा छिटो खालि गर्न आदेश दिएका छन्। इक्वेटरका राष्ट्रपति राफेल कोरियाले सुनामीको चेतावनी जारी भए पछि ट्विटरमा भनेका छन् 'हाम्रो समुन्द्री क्षेत्रमा रहेक व्यक्ति सतर्क र तयारी अवस्थमा रहनुपर्छ ।'

भूकम्पपछि कतिपय स्थानमा सडक भासिएको छ। समुन्द्री क्षेत्रबाट मानिसहरुलाई बाहिर ल्याएपछि सडकमा जाम भएको चिलीका टेलिभिजन च्यानलहरुले देखाएका छन्। प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी) ले जारी गरेको चेतावनीमा पेरु, इक्वेटर, कोलम्विया, पानामा, कोस्तारिका र निकारागुआको तटमा पनि सुनामिको खतरा रहेको छ।

अपडेट (नेपाली समय ११ः३० बजे)
भूकम्पमा ५ जनाको मृत्यू भएको एसोसिएट प्रेसले जनाएको छ। च्यापिएर वा हृदयघातको कारण उनिहरुको निधन भएको हुनसक्ने चिलीका आन्तरिक मन्त्री रोड्रिगो पेनालिलोले जनाएका छन्। उनका अनुसार इक्विकको जेलबाट करिब तिन सय महिला भागेका छन् भने त्यहाँ हुनसक्ने लुटपाटको सम्भावनालाई ध्यानमा राखी स्पेशल फोर्स खटाइएको छ। बिहान (नेपाली समय अनुसार) ०५ः३६ मा गएको ८.२ को शक्तिशाली भूकम्पपछि पनि त्यहाँ ६.२ रेक्टरस्केलसम्मको विभिन्न ९ झट्का आएका छन्। पुत्रेस र जनरल लागोस शहरबीच ठाउँ ठाउँमा पहिरो गएको छ। भूकम्पले इक्विकबाट ४७० किलोमिटर परका पेरू र बोलिभियाको शहरका भवनलाई पनि हल्लाएको थियो।

प्रकाशित: १८ चैत्र २०७० २३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App