७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

डायोस्पोराको अवसर र चुनौतीबारे कार्यशाला अमेरिकामा सम्पन्न

न्यू मेक्सिको (अमेरिका)-अमेरिकाको न्यु मेक्सिको राज्यस्थित न्यु मेक्सिको स्टेट युनिभसिर्टीमा ‘राष्ट्र विकासमा डायोस्पोराहरुको अवसर तथा चुनौती' विषयका अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।न्यु मेक्सिको स्टेट युनिभसिर्टीका नेपाली विद्यार्थीहरुको संस्था नेप्लीज स्टुडेण्ट एशोसशएशन अफ न्यु मेक्सिको स्टेट युनिभसिर्टी (एनएमएसयु)ले गत शनिबार आयोजित कार्यक्रममा अमेरिकास्थित उक्त विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। 
अमेरिकाको विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुशन्धानरत नेपाली प्राध्यापकहरु तथा त्यहाँ अध्ययनरत नेपाली तथा विदेशी विद्यार्थी एवं विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमका गैर आवासीय नेपाली संघका संरक्षक डा. अम्बिकाप्रसाद अधिकारीले राष्ट्र विकासमा डायोस्पोराहरुले गरेको योगदानको चर्चा गरेका थिए। उनले नयाँ नेपाल निर्माणमा डायोस्पोराको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए। कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वविद्यालयहरुमा अनुसन्धान भइरहेका विभिन्न बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएको थियो। जसमा संजय पराजुली, मेक्सिको भ्यालेरी होल्गुइन, सर्वशदिप ढकाल, बिष्णुहरि ढकाल, चीनका झेन्ग वीई र ऋषी सापकोटाले आ–आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए। 

त्यस्तै, दोश्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सडक, धर्म, अर्थव्वस्था र विज्ञान तथा प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु प्रस्तुत गरिएको थिए। जसमा युनिभसिर्टी अफ न्यु मेक्सिकोका अर्थशास्त्रका प्राडा डोलेश्वर भण्डारीले ‘खुशि हुनु किन अर्थपूर्ण हुन्छ’ भन्ने विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै, टेक्सास ए एण्ड एमका प्राडा मेघनाथ पराजुलीले नेपालमा कृषी अनुसन्धानमा भएका प्रगती र चुनौतीहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। दोश्रो सत्रमा देशराज संयोकले नेपालमा भ्रष्टचार सम्बन्धी, प्रदीप अर्यालले धर्म सम्बन्धी, रोशनी राजबंशीले कालाजर सम्बन्धी, गौरव थापाले बढ्दो सहरिकरणले सृजना गरेका समस्या र विकृतिहरुको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७० ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App