७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

हेलिकप्टर दुर्घटनामा फोटो पत्रकारको मृत्यु

सियाटल- चर्चित फोटो पत्रकार र एक पाइलट कोमो टेलिभिजनको हेलिकप्टर दुर्घटनामा हुँदा मारिएका छन्। स्पेस निडल नजिकै फिसर प्लाजाको बाहिर हेलिकप्टर दुर्घटना हुँदा एउटा कारसमेत जलेर नष्ट भएको छ।
स्थानीय समयअनुसार बिहान हेलिकप्टर भुइमा बजारिनुअघि अनौठो आवाज आएको थियो। दुर्घटनाको कारण भने अझै सार्वजनिक गरिएको छैन। 'अहिले हामी सबै पक्षबारे बुझ्दैछौं,' नेसनल ट्रान्सपोटेसन सेफ्टी बोर्डका कार्यकारी प्रमुख डेनिस होगेन्सनले भने। उनले दुर्घटनास्थल नजिकै पत्रकार सम्मेलन गरेका थिए।

हेलिकप्टर झरेर कारमाथि बजारिएको थियो। कार चालक पनि आगोको सिकार भएका छन्। अनुसन्धानकर्ताका अनुसार हेलिकप्टरको मुख्य राउटर ठोकिएर दुर्घटना भएको हुनसक्छ।

एक प्रत्यक्षदर्शीले कोमो टेलिभिजनको भवन फिसर प्लाजाको हेलिप्याडबाट उडे लगत्तै अनौठो आवाज आएको सुनाए। कोमोले विल स्ट्रोटम्यानको मृत्यु भएको जनाएको छ। उनी ६२ वर्षका चर्चत फोटो पत्रकार हुन्।

५९ वर्षका पाइलट ग्यारी फिट्जनर पनि दुर्घटनाको शिकार भए। ३८ वर्षीया कार चालक रिचार्ड न्युम्यानको २० प्रतिशत शरीर जलेको बताइएको छ।

प्रकाशित: ५ चैत्र २०७० ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App