सन् २००८ मा सर्बियाबाट कोसोभो स्वतन्त्र भएको घोषणापछिको यो अर्को राष्ट्रिय स्वतन्त्रतासम्बन्धी सबैभन्दा ठूलो विवादका रूपमा रहनेछ। क्रिमियाका सांसदहरूले रसियाली मुद्रा रुबल आफ्नो मुलुकको दोस्रो औपचारिक मुद्रा हुने घोषणा गरेका छन्।
यसअघि नै क्रिमियाको स्थानीय संसदले उक्त भूभाग रसियामा विलय हुने निर्णय गरिसकेको थियो। तर, संसदले मात्र निर्णय गरेर नहुने भन्दै विरोध भएपछि जनमत संग्रह गरिएको हो। रसियाको संसदले युक्रेनको क्रिमिया क्षेत्रलाई बचाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई जस्तोसुकै उपाय अवलम्बन गर्न अधिकार दिएको थियो।
उता युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टोरले पनि आफ्नो सुरक्षाका लागि रसियासँग माग गरेका छन्।
प्रकाशित: ३ चैत्र २०७० २०:२३ सोमबार





