७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

जापानमा एक नेपालीको मृत्युु

सोलुखुम्बु– रोजगारीको सिलसिलामा जापानमा रहेका नेचा, बेतघारी २ का फणिन्द्रप्रसाद शर्माको मृत्यु भएको छ। २० महिनादेखि जापानमा रहेका ३१ वर्षे शर्मा टोकियो ताकानादोबाबानजिकै तोरी चुकाइसेई भन्ने ठाउँमा साथीसँग खाना खाइरहेका बेला सोमबार साँझ अचानक बेहोस भएका थिए ।
 
एम्बेलेन्समा नजिकैको निसी सिन्जुकु अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ । श्रीमतीसँगै योकोहामाको गुमियोजी भन्ने ठाउँमा बस्दै आएका उनको मृत्युुको कारण खुल्न सकेको छैन ।

प्रकाशित: २७ फाल्गुन २०७० ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App