छत्तीसगढ– बस्तर क्षेत्रको तोङपालनजिकै माओवादी आक्रमणमा अर्धसैनिक बल (सिआरपिएफ)का १६ जनाको मृत्यु भएको छ। करिब दुई दर्जन घाइते छन्।
प्रहरी अधिकारी मुकेश गुप्ताका अनुसार यो घटना दरभा घाँटीमा भएको हो। ४४ सुरक्षाकर्मी सडक निर्माण कार्यको सुरक्षाका लागि जगदलपुर सुकमा सडकमा गस्ती गरिरहेका बेला एम्बुस थापेर आक्रमण भएको थियो। प्रहरी र माओवादीबीच एक घन्टाभन्दा लामो समय भिडन्त भएको स्थानीयले जनाएका छन्।
यहीं क्षेत्रमा अघिल्लो वर्ष पनि माओवादीले आक्रमण गर्दा कांग्रेस नेताहरूसहित ३१ जनाको मृत्यु भएको थियो।
प्रकाशित: २७ फाल्गुन २०७० ०५:२२ मंगलबार





