पुरीबाट सांसद रहेका उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो। उनका ढाडमा र देब्रे पाखुरामा गोली लागेको छ। उनको अवस्था स्थिर रहेको चिकित्सकहरुले जनाएका छन्।
प्रहरीले घटनामा संलग्न कसैलाई पनि पहिचान गर्न सकेको छैन। 'मन्त्रीजी घर जाँदै गर्दा साँझपख उहाँमाथि गोली प्रहार भएको हो। घटनाको अध्ययन सुरु भइसकेको छ,' डीजीपी प्रकाश मिश्रले भने।
घाइते मन्त्रीसँग घटनाबारे सोध्नसमेत नसकिने अवस्था रहेकाले अहिले नै वास्तविकता के हो भन्ने खुट्याउन कठिन भएको प्रहरीको भनाई छ। उनीमाथि अम्बाला क्लवको छेउमा गोली प्रहार भएको थियो। साँझ ९:३० देखि १० बजेभित्र उनीमाथि आक्रमण भएको थियो। उनको घर घटनास्थलबाट ३ सय मिटर दुरीमा पर्छ।
प्रकाशित: ९ फाल्गुन २०७० २१:०७ शुक्रबार





