७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

कांग्रेस भ्रातृ संगठनको चुनाव ११ गते

कोपनहेगन– नेपाली कांग्रेसको डेनमार्कस्थित भ्रातृ संगठन जनसम्पर्क समितिले २३ फेब्रुवरीमा हुने तेस्रो अधिवेशनको कार्यक्रम तथा निर्वाचन तालिका प्रकासित गरेको छ। निर्वाचन समितिका अनुसार अध्यक्षका लागि रामचन्द्र पाठक र नवराज आचार्य, महामन्त्रीमा रमेश घिमिरे र बुद्धिप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
दुई उपाध्यक्ष पदका लागि दीपकराज रिजाल, तारिणीप्रसाद जोशी र मुक्तिराम चापागाईले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्री र कोषाध्यक्षमा क्रमश: दिपेन्द्र बिस्ट र गिरीप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ। सदस्य पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन्।
सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि सफल हुन नसकेको तर सहमतिको प्रयास अझै जारी रहेको निवर्तमान अध्यक्ष यमलाल सुवेदीले जनाए। यो अधिवेशनले नेपाली जनसम्पर्क समिति डेनमार्कको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
उम्मेद्वारहरुले भोट माग्न सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन्। अध्यक्षका र महामन्त्रीका उम्मेद्वारले फेसबुकमार्फत घोषणापत्र पनि सार्वजनिक गरेका छन्| अधिशेशनको उदघान गर्न नेपालबाट नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा कोपनहेगन आउने कार्यक्रम रहेको समिति जनाएको छ। 'नेपाली जनसम्पर्क समितिको डेनमार्कको आह्वान : चुस्त र प्रभावशाली संगठन' नारा राखिएको य; अधिवेसनमा ६०६ प्रतिनिधिले भाग लिनेछन्।

प्रकाशित: ५ फाल्गुन २०७० ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App