७ वैशाख २०८१ शुक्रबार
प्रवास

जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीताको उम्मेदवारी

अध्यक्ष प्रत्यासी सीता सापकोटा

बेल्जियम—नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन्।

क्षमता र योगदानका आधारमा आफूले उम्मेदवारी दिएको उनले बताइन्।

२०५० सालमा नेविसंघ चितवनको सचिवको जिम्मेवारी सम्हालेकी उनी पछि तरण दल चितवनको उपाध्यक्ष भएकी थिइन्। २०६४ मा नेपाल तरुण दल केन्द्रीय समितिको महिला उपप्रमुखको जिम्मेवारी सम्हालेकी उनी पछिल्लो समय कांग्रेस महासमिति सदस्य छिन्।

क्षमता र योगदानका आधारमा आफूले उम्मेदवारी दिएको उनले बताइन्।

गैरआवासीय नेपाली संघ बेल्जियमको कार्यसमिति सदस्य रहेर काम गरिरहेकी उनले बद्लिएको अवस्थामा संस्थालाई फरक ढंगले नेतृत्व गर्न आफूले उम्मेदवारी दिएको नागरिकन्युजसँग बताइन्। एनआरएन आइसीसीको महिला टास्कफोर्स उपसंयोजक समेत रहेकी उनको प्रतिस्पर्धा माधव सापकोटासँग हुने भएको छ।

दुई सापकोटाबीच प्रतिस्पर्धा हुन लागेको अवस्थाबारे जावाफ दिँदै उनले यो लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरिन्। 'स्वच्छ प्रतिस्प्रधामा जाउँ, नैतिकता नछोढौ र मैदान पनि नछोडौँ, सम्मानित र भद्र शब्द प्रयोग गरौँ', चुनाबी माहोलबीच उनले आफ्ना प्रतिस्पर्धीलाई सम्बोधन गर्दै भनेकी छन्।

आगामी मार्च ५ मा जनसम्पर्क समिति बेल्जियमको अधिवेशन सुरु हुँदैछ। अधिवेशनमा कांग्रेस महामन्त्री शशांक कोइराला, प्रवास हेर्ने केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे तथा केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी र एनपी साउद सहभागी हुनेछन्। नयाँ नेतृत्व चयनका लागि १२ मार्चमा निर्वाचन हुनेछ।

करिब ६ हजार नेपाली रहेको बेल्जियममा जनसम्पर्क समितिका १ हजार ३ सय २६ सदस्य  छन्। बेल्जियमका सशक्त संस्थाहरुमध्ये यो एउटा हो।

प्रकाशित: १५ फाल्गुन २०७३ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App