अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका विदेशी पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। कोरोना भाइरस संक्रमणपछि सन् २०२३ देखि अन्नपूर्ण क्षेत्रले लगातार रुपमा पाहुना आगमनमा नयाँ रेकर्ड बनाउँदै लगेको थियो। पछिल्लो तीनवर्षदेखि हरेक वर्षको आगमन संख्याले उचाँइ लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ।