संसदीय राजनीतिबाट शेरबहादुर देउवा अब अलग भएका छन् । २०४८ सालदेखि अनवरत निर्वाचित देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरू प्रति आभार व्यक्त गरेकी छिन्।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई राजनीतिक दलले महिला उम्मेद्वार छनौटमा ध्यानै नदिएको पाइएको छ। मनोनयन दर्ताका क्रममा १२ दशमलव ११ प्रतिशतमात्र महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।