coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
ब्लग

बप्पी लहरीलाई सोध्न नसकेको गायनको पारिश्रमिक

गीतका सर्जक प्रदीप काफ्ले र गायक लहरी।

‘फरक छ भाषा, फरक संस्कृति

एउटै छ आकाश, एउटै छ धर्ती’

यी नेपाली शब्दमा स्वर दिएका भारतीय सांगीतिक क्षेत्रका गायक तथा संगीतकार बप्पी लहरी अब हामी माझ छैनन्। सन् २०१५ को फेव्रुअरी १५ का दिन मुम्बईस्थित लहरी निवासकै आफ्नै स्टुडियोमा रेकर्ड गरिएको यो गीत उनको आवाजमा रेकर्ड भएको पहिलो तथा अन्तिम नेपाली गीत बनेको छ।  

कुनैदिन नेपाल आएर एकल सांगीतिक साँझमा सहभागी भएर नेपाली संगीतपे्रमी माझ नेपाली गीत गाएर मात्र हिन्दी गीत गाउने उनको सपना पनि अधुरै रह्यो। किनकी उनको केहीदिन अघि मात्र निधन भएको छ। उनको  ६९ वर्षको उमेरमा केहीदिन अघि मात्र मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको हो।  

सागीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किगं भनिन्थ्यो। उनको वास्तविक नाम अलोकेश लाहिडी थियो। बप्पी लहरी आफ्नो संगीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए। बप्पी यो क्षेत्रमा आफ्नो भिन्न आवाज र संगीतका लागि चर्चित थिए। उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए। पप म्युजिकलाई भारत ल्याउने श्रेय बप्पीलाई नै जान्छ।  

बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो। नेपाली भाषाको यो गीत रेकर्ड हुनुभन्दा करिब एकवर्ष अघि २०१४ फेवु्रअरी १७ मा मुम्बईमा भएको एउटा कार्यक्रममा म आफु पनि सहभागी हुुँदा बप्पी लहरीसँग परिचय गर्ने अवसर जुरेको थियो। त्यो बेलाको भेटघाट र कुराकानीले हामीलाई निकट तुल्याउको थियो। भेटघाटको त्यो अवसर मेरा लागि निकै नै महत्वपुर्ण भयो।  

धेरै भाषाका गीतमा आवाज दिएका लहरीसँगको भेटको अवसरमा मैले कुराकानीकै क्रममा नेपाली गीत गाउन प्रस्ताव गर्ने सोचेको थिए। त्यो भेटघाटबाट सुरु भएको हाम्रो मित्रता प्रगाढ बन्दै गयो। त्यसैको फलस्वरुप केही वर्षपछि मेरो रचनाको गीत र बिबि अनुरागीको संगीतमा आवाज दिन उनी तयार भएका हुन्। यो सानो संयोग थिएन्।

विशेषत रमाइला प्रकृतिका गीतमा आवाज दिने लहरीले एउटा फरक राष्ट्रको त्यो पनि राष्ट्रिय भाव बोकेको गीत गाउन सहजै तयार होलान की नहोलान भन्ने आशंका नउब्जेको पनि होईन। त्यसो भन्दैमा प्रस्ताव नै नगरि पछि हट्ने पक्षमा म पनि भइन र प्रस्ताव गरे। त्यसअघि नै उनले नेपाल र नेपाली भनेपछि आफुलाई निकट लाग्ने बताईसकेका थिए। नेपाल र भारतको सांस्कृतिक र सामाजिक सम्बन्धबारे पनि उनको मनमा निकै श्रद्धा र सम्मान रहेको कुराकानीकै क्रममा मैले अनुुभूूति गरिसकेको थिए। जसले मलाई उनीसँग थप नजिक बनाएको थियो।  

धेरै समय अघि नेपाल भ्रमणका क्रममा पोखरासम्म पुगेको बताउने लहरीले पशुपतिनाथको दर्शन गरेको र दोहो¥याएर दर्शन गर्न चाहेको पनि त्यो बेला बताएका थिए। पहिलो पटक एउटा औपचारिक कार्यक्रममा भेटेको र निरन्तर सम्पर्कमा रहिरहेका कारण लहरीलाई एउटा नेपाली गीत गाउनलाई अनुरोध गर्ने मलाई ठुलो चाहना थियो।  

मुुम्बई दोस्रो पटक जान लागेकाले उनी र मेरोबीच फेरी भेटघाट गर्ने कार्यक्रम बनेकाले पनि नेपाली गीत गाउन अनुरोध गर्ने मेरो चाहना थियो। २०१५ को फेव्रुअरी १२ को दिन जब म उनको निवास पुगे उनले आफ्ना सांगीतिक यात्राका क्रममा गरेका संघर्ष र पछि क्रमशः मिल्दै आएको सफलताबारे मसँग अनुुभव बाँडेका थिए।  

उनको सफल गायकी तथा संगीतकारसम्मको यात्रा अनुभव सुन्दै गर्दा मलाई त्यो बेला फरक अनुभूति भइरहेको थियो। बाल्यकालदेखिनै रेडियो नेपालबाट बज्ने बप्पी लहरीका स्वरमा गीत सुन्दै आएको मलाई स्वयं गायककै सामुन्ने उनकै घरमा रहँदा खुसीको क्षण थियो। म उनको गीत संगीत औधी रुचाउने, उनकै आवाज सुन्दै हुर्केको एकजना नेपाली उनकै निवासमामा बसेर उनकै जीवन भोगाइ सुन्न पाउदा खुसीको सिमै थिएन।  

नायिका मनिषा कोइराला मार्फत तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग अमेरिकामा भएको भेटघाट, माइकल ज्याक्सनसँगको भेटघाट, किशोर कुमारसँगको मामा भान्जाको नाता उनले मसँगको कुराकानीमा गरेका जीवनका महत्वपूूर्ण अंश थिए। झण्डै एकघण्टा कुराकानी गरिसकेपछि मेरो मनमा यो समयको मैले केही स्मरण योग्य फाइदा लिनपर्छ भन्ने भावना जागृत भएपछि मैले उनको नेपाली गीत संगीतप्रतिको रुचि बारे जिज्ञासा राख्न थाले।

उनीसँगको भेटघाट र संगत चलिरहँदा कुनै नेपाली गीत गाए नगाएको बारे प्रश्न गरे।  तत्काल प्रतिक्रिया दिँदै उनले त्यो बेला भनेका थिए,‘नेपाली गीत गाउन मन त छ, तर, मौका जुरेको छैन। त्यही मौकालाई मैले पनि अवसरमा बदल्ने योजना बनाए र प्रस्ताव गरे, ‘त्यसो भए एउटा गीतको ट्रयाक सहित ल्याएको छु गाइदिनुहुन्छ ? मेरो प्रस्ताव पछि उनले गीत सुन्न मन गरे। नेपाली गीत, गीतका शब्द र शब्दले दिन खोजेको अर्थ मैले उनलाई बुझाउनु थियो। 

नेपाली शब्दलाई रोमनमा लेख्दै मैले अर्थ बुझाउन थालेपछि बजिरहेको गीतलाई उनी आफैले महसुस गरे। म्युजिक ट्रयाकमा संगीतकार बिबि अनुरागीले दिएको स्वरलाई हातमा शब्द लिएर बसेका बप्पीलाई बुझ्न कठिन भएन् र तत्काल गीत गुनगुनाउन थालेका थिए। हिन्दी सहित धेरै भाषामा स्वर दिएका बप्पी लहरीको नेपाली गीत गाउने चाहना पुरा हुदै थियो जसका लागि उनले अत्यन्तै उत्साह देखाएका थिए।  

राष्ट्रिय एकताको सन्देश बोकेको पहिलो नेपाली गीत भएकाले गीतका शब्दलाई उनले न्याय गर्न सक्दैनन की भन्ने कताकता मनमा शंका बनिरहेको बेला मलाई उनले गलत सावित गरिदिए। रेकर्डिङ सकिएपछि त्यस्तो कतै पनि अनुुभव भएनकी लहरीले पहिलो पटक नेपाली गीत गाएका थिए। उनको गायकीमा देखिएको स्पष्ट उच्चारण, गीतको हरेक शब्दलाई बुझेर भावमा गाएको देखेर म आफै नै चकित भएको थिए ।  

एकवर्ष पुरानो चिनजानबाट बनेको मित्रता, नेपाली गीत गाउन अनुरोध गरेर त्यो मित्रतालाई जीवन्त राख्न खोजेको प्रयास र त्यसले सार्थक रुप प्राप्त गर्न लागेको क्षण मेरा लागि गौरव गर्न लायक थियो। एकजना गीत सांगितिक क्षेत्रका व्यवसायिक व्यक्तित्व जसले मेरो अनुरोधलाई स्वीकार्न सकेको अवस्थामा मैले गीत गाएको पारिश्रमिक कति भनेर सोध्नुपर्ने समय आएको थियो तर, त्यो प्रश्न गर्न उनले मलाइ दिएनन र भनेका थिए, ‘म यो गीत गाउँछु, तर, पारिश्रमिक लिन्न।  

उनले त्यहीबेला बाचा बाँधेका थिए, ‘एकदिन नेपाल आएर नेपाली माझ बसेर प्रत्यक्ष गाउने मन छ। त्यो बेला अरु कुनै नेपाली गीत नगाइ अरु गाउँदिन। लहरीको यो सपना उनको मृत्युसँगै सकिए पनि उनले एउटा नेपाली गीतमा आफ्नो आवाज दिएर हामीले संधै स्मरण गर्ने ठाँउ दिएका छन। जुन जीवनभरका लागि स्मरणयोग्य बनेको छ।  

हुन त उनी ८०–९० को दशकमा बलिउडमा एक से एक हिट गीतहरु गाएर संसारमा नै फरक पहिचान स्थापित गराउन सफल भएका थिए। त्यसमा उनको संगीतिक यात्राको क्रममा थपिएको नेपाली गीतले उनलाई थप अमर बनाएको छ। उनको स्वरमा गुन्जिएका धेरै हिन्दी गीतहरु आज पनि उत्तिकै चर्चित छन।  

सन् १९५२ मा कलकत्तामा जन्मिएका लहरी भारतको रगींन दुनियाँमा ‘बप्पी दा’ को नामले परिचित थिए। सांगीतिक माहौल भएको परिवारमा उनी जन्मिएका थिए। लहरीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक थिए भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार थिइन।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पीले सन् १९७२ मा बंगाली फिल्म ‘दादू’ मा पहिलोपटक संगीत दिएका थिए। उनले गीत संगीत क्षेत्रका लागि जे जति गरेका थिए, ती गीतका कारण बप्पी सबैतिर चिनिए। अब उनी हामीमाझ छैनन, तर, उनको चिनो हामीसँग छ। उनी मरेर गएपनि उनको माया सधैं मनमा रहिरहनेछ। मेरो पनि हार्दिक श्रद्धाञ्जली बप्पी दा।

प्रकाशित: १५ फाल्गुन २०७८ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App