७ वैशाख २०८१ शुक्रबार
ब्लग

काठमाडौंमा तीन दिनको खर्च दुई रुपैयाँ !

ठमेल कथा–२

कास्कीको गुरुङ हिलमा पर्यटनकर्मी सरोज न्यौपाने।

शून्यबाट संघर्ष गरेर नेपालको पर्यटन उद्योगमा स्थापित हुनेहरू धेरै छन् । त्यस्तै एकजना कर्मयोगी हुन्–सरोज न्यौपाने। कलेज पढ्न भनेर २०४९ सालमा धादिङबाट काठमाडौं झर्दा उनको मनमा ‘मास्टर’ बन्ने सपना थियो। तर, समयले उनलाई सफल पर्यटनकर्मी बनाइदियो।

उनी साथीसँग मिलेर ठमेलमा ‘वियोण्ड द लिमिट्स ट्रेक्स एण्ड एक्सपिडिसन’ र होटल  ‘रोयल स्विट’ चलाउँछन्। उनको कम्पनीले पर्यटकलाई पदयात्रा, सिटी टुर, पर्वतारोहण, जगल सफारी लगायत गराउँछ।  

बेल ब्वायका रूपमा पर्यटन क्षेत्रमा पसेका धादिङका सरोज न्यौपाने कहिले भरिया बने त कहिले ट्रेकिङ गाइड अनि कहिले क्लाइम्बिङ गाइड। उनले धेरै अनुभव सँगालेका छन्। समयसँगै उनी कम्पनीका मालिक बने। त्यति मात्र होइन, मुलुकको पर्यटनलाई गति दिने खाका समेत प्रस्तुत गर्न सक्ने भैसके।  

मनाङ र मुस्ताङको साँध थोराङ् भञ्ज्याङमा। 

निरन्तर उकालो लाग्दै गरेको पर्यटन व्यावसायमा कोरोना भाइरसले ब्रेक लगाइदियो। मानव जातिले कल्पना गरेभन्दा बाहिरको कुरा भयो–कोरोना भाइरसको संक्रमण । आधुनिकताको रफ्तारमा हिँडिरहेको संसारलाई यसले ब्रेक लगाइदियो। भाइरसको डरले मान्छेमा मनोवैज्ञानिक समस्या ल्यायो। दैनिक आम्दानीको बाटो बन्द हुँदा पर्यटनकर्मीका मनमा निराशाको बादल मडारिँदैछ।  

यो पनि पढ्नुहोस्

सय रुपैयाँ बोकेर काठमाडौं !

मान्छेहरू निराश छन्। चिन्ताले चितामा पु-याउँछ। त्यसैले उनी चिन्ता होइन, चिन्तन गर्छन्। इतिहास खोतल्ने हो भने बेलाबेलामा महामारी आएका घटना छन्.।’‘मान्छेको जीवन सधैं सजिलो हुँदैन। कहिलेकाहीँ बाँगोटिँगो रेखामा पनि हिँड्नुपर्छ’, उनको मनोबल दरिलो छ, ‘समस्यासँग आत्तिएर होइन, सामना गरेर अघि बढ्नुपर्छ।

आजको समाजमा देखिएको एउटा प्रवृत्तिले भने उनको मुटु कटक्कै खाएको छ। कोरोना लागेका मान्छेलाई सहानुभूति र हौसला दिनुको साटो उनीहरूबाट तर्केर भाग्नु राम्रो होइन। ‘आखिर रोग त जसलाई पनि लाग्न सक्छ नि’, उनले भने, ‘कतिपय मान्छेमा मानवीयता नै देखिएन। समाज नकारात्मक बन्नु हुँदैन।’  

खोप नआएसम्म कोरोनाको सन्त्रास मेटिने छैन। वैज्ञानिकहरू खोप बनाउन सक्रिय छन्। खोप बनेपछि संसारभरका मान्छेले खोपाउनु प-यो। बल्ल पर्यटनले गति लिन्छ।  

तिब्बततिरको सगरमाथा वेस क्याम्प।     

‘मान्छेहरूले खोप लगाएपछि मात्र विदेशी विमा कम्पनीहरूले पर्यटकका लागि नयाँ विमा योजना ल्याउँछन्। बल्ल घुमफिरको माहौल बन्छ’, न्यौपाने सुझाउँछन्, ‘सरसर्ती हेर्दा पर्यटकको स्वागत गर्न हामीले अझै केही वर्ष कुर्नुपर्छ।’  

उनको खल्तीमा दुई रुपैयाँ बाँकी थियो। डेरामा केही खानेकुरा थिएन। उनले सडकमा चटपटे बेच्ने दाइसित एक रुपैयाँको चटपटे दिनुस् न भनेर मागे। तिनले चटपटे बनाइरहेका बेलामा उनले सुटुक्क एक पसर भिजाएको चना झिकेर खाइदिए। दोस्रो दिन पनि त्यसै गरे। तेस्रो दिन उनी भोकै बसे, साँझसम्म गाउँबाट साथी आउने आशामा। तर, त्यो दिन साथी फर्केन।  

अहिलेको चुनौती भनेको पर्यटन पुरानै लयमा नफर्किन्जेल कसरी टिकिराख्ने भन्ने नै हो। ट्राभल र ट्रेकिङ कम्पनीको अफिसियल खर्च त्यति ठूलो हुँदैन। यद्यपि कम्पनीमा आबद्ध मजदूरको रोजीरोटी चलाउन समस्या परिसक्यो।  

होटल व्यावसायको सामु भने चुनौतीको पहाड उभिएको छ। एकातिर होटल भाडा निकै महँगो हुन्छ अर्कोतिर त्यसमा धेरै लगानी भएको हुन्छ। यस्तो अवस्थामा सरकारले  पर्यटनकर्मीलाई खासै राहत दिएको छैन।  

लाङटाङ भ्यालीमा।  

व्यावसायी मात्र होइन, घरभेटी पनि मारमा छन्। उनीहरूले पनि बैंकलाई किस्ता तिर्नुपर्छ। ‘त्यसैले घरभेटी र व्यावसायी दुवैका लागि सरकारले प्याकेज ल्याउनुपर्छ’, उनी भन्छन्, ‘संकटमा परेका व्यावसायीले मुलुकमा सरकार भएको अनुभूति गर्न पाउनुपर्छ।’  

वातावरण सहज नभएसम्मको समयलाई पर्यटनकर्मीहरूले कसरी सदुपयोग गर्नुपर्ला? उनी सुझाउँछन्, ‘पर्यटनमा लागेका आम मान्छेहरूको पृष्ठभूमि कृषि नै हो। गाउँघरबाटै आएर हामी पर्यटनमा लागेका हौं। त्यसैले अब हामीले कृषिलाई नै वैकल्पिक आम्दानीको माध्यम बनाउन प्रयत्न गर्नुपर्छ।’

मान्छे आशावादी बन्नुपर्छ। आशाले नै मान्छेलाई बचाउँछ। न्यौपाने पनि आशावादी छन्। केही वर्षपछि मुलुकमा फेरि पर्यटनको घाम उदाउनेछ। उनी फेरि विदेशीहरूसँग हिमालतिर उकालिनेछन्।  

अब कुरा गरौं उनको पर्यटन यात्राको। उनको गाउँ बसेरी (गंगाजमुना गाउँपालिका–६, धादिङ) रुबी भ्याली (गणेश हिमाल) पदमार्गमा पर्दछ। उनी सानो छँदा पदयात्राको सिजनमा उनको गाउँ नजिकैको डाँडामा विदेशीहरू टेण्ट टागेर क्याम्पिङ गर्थे। पाँच वर्षे बालक सरोज साथीहरूसँग त्यहाँ पुग्थे। अमेरिकीहरू (विदेशी) बोलेको, हेरेको हेर्न जाँदा तिनले उनलाई पेन, पेन्सिल, बेलुन र चकलेट दिन्थे।  

‘उनीहरूले भनेको कुरा म बुझ्दिनथें’, त्यतिबेलै उनले अठोट गरे, ‘यिनले बोलेजस्तै भाषा म पनि सिकेर बोल्नेछु।’

पहिलो पदयात्रा सगरमाथा क्षेत्रको गोक्यो भ्यालीमा गएका थिए भने दोस्रो अन्नपूर्ण सर्किटमा। सगरमाथामा जाँदा उनले २५ किलोको भारी बोकेका थिए भने अन्नपूर्णमा ३५ किलोको।  

सगरमाथा बेस क्याम्पमा।

त्रिशूलीमा पानी बगिरह्यो। गाउँको बद्रिविशाल माध्यमिक विद्यालयबाट एसएलसी सकेर कलेज पढ्ने सपना बोकेर उनी २०४९ सालमा काठमाडौं आए।  

उनी केही रकम बोकेर साथी सुदर्शनसहित काठमाडौं आएका थिए। ठमेल छेउको सरस्वती कलेजमा आइकममा भर्ना हुँदा र ढल्कोमा कोठाभाडा तिर्दा पैसा सकियो। कलेज लागिसकेको थियो। त्यसैले बाटोखर्च लिएर साथी सुर्दशन गाउँतिर लागे, तीन दिनभित्र पैसा लिएर काठमाडौं फर्कने गरी।

सरोजको खल्तीमा जम्माजम्मी दुई रुपैयाँ बाँकी थियो। डेरामा कुनै खानेकुरा थिएन। काठमाडौंमा कसरी टिक्ने भनेर उनले जुक्ति निकाले। अनि क्षेत्रपाटीको सडकमा चटपटे बेच्ने दाइलाई अनुरोध गरेर एक रुपैयाँको चटपटे मागे। तिनले चटपटे बनाइरहेका बेलामा उनले सुटुक्क एक पसर भिजाएको चना झिकेर खाइदिए। खल्तीमा एक रुपैयाँ बाँकी थियो, दोस्रो दिन पनि त्यसै गरे। तेस्रो दिन उनी भोकै बसे, साँझसम्म गाउँबाट साथी फर्केर आउने आशामा।  

त्यो दिन साथी आएन। तिनताका अहिलेजस्तो मोबाइल फोन थिएन। गाउँमा ल्याण्डलाइन पनि थिएन। चौंथो दिन उनले कलेजका साथीसँग अनकनाउँदै सापटी मागे। ‘त्यो साथीले ५ रुपैयाँ दियो। त्यो रकमले दुई दिन समोसा खाएँ’, उनले संघर्षका क्षण सम्झिए, ‘पाँचौं दिन सुदर्शनले पैसा लिएर डेरामा आइपुग्नेबित्तिकै सरासर मम पसलमा गएर पेटभरि मम खाएँ।’  

उनी पहिलो वर्ष घरबाट पठाएको पैसाले पढे। दोस्रो वर्षदेखि काम गर्दै पढ्न थाले। आइकम दोस्रो वर्षमा पढ्दा  एक्सपोर्ट कम्पनी ‘ज्ञानी इन्टरनेशनल’मा काम सुरु गरे। त्यसले नेपाली गलैंचा र मूर्ति लगायत क्यूरियो सामान विदेश पठाउँथ्यो।  

सोलुखुम्बुको स्याङ्बोचेमा। 

त्यहाँ उनको मन अडिएन, केही महिनापछि उनी होटलमा प्रवेश गरे। उनी दरबारमार्गको चारतारे होटलमा बेल व्याय बने। अब उनी पाहुना आउँदा तिनका झोला रिसेप्सनबाट कोठामा लगिदिने सहयोगी बन्न पुगे।    

उनी महिना दिनमै बेल क्याप्टेनमा बढुवा भए। त्यहाँ ९ महिना जति काम गरे। त्यहाँबाट ‘फस्ट इन्भाइरोमेण्टल ट्रेकिङ’ कम्पनीमा फड्को मारे। उनलाई घरभित्र गरिने कामभन्दा बाहिरका काममा रुचि थियो । उनी सानैदेखि चुनौती मन पराउँथे।

ट्रेकिङ कम्पनीमा भरियाका रूपमा प्रवेश गरेका। पहिलो पदयात्रा सगरमाथा क्षेत्रको गोक्यो भ्यालीमा र दोस्रो अन्नपूर्ण सर्किटमा गरे। सगरमाथामा जाँदा २५ किलोको भारी बोकेका थिए भने अन्नपूर्णमा ३५ किलोको।  

सगरमाथा यात्रामा १ गाइड, ३  भरिया र ६ जना अमेरिकी थिए। जोरसल्ले पुगेपछि दुई विदेशी बिरामी परे। एउटा भरियालाई त्यहीँ छाडेर बाँकी ४ विदेशी, २ भरिया र गाइड उकालो लागे।  

नाम्चे पुगेपछि अर्का एक जना पनि बिरामी भए। गाइड दुर्गा गुरुङले भरिया सरोजलाई भने, ‘तपाईँलाई अंग्रेजी बोल्न पनि आउँछ। दुई जना विदेशी लिएर गोक्यो जानुस् है।’  

उनी गोक्योतिर लागे। पहिलो पटक पदयात्रामा निस्केका सरोजलाई गाइडको केही अनुभव थिएन, आखिर उनी भरिया न थिए। त्यसैले अरू गाइडले केके कुरा गर्छन्, कसरी विदेशीलाई बुझाउँछन् भन्ने सुन्न नजिक जान्थे। अनि त्यही अनुसार आफ्ना पाहुनालाई ब्रिफिङ दिन्थे।  

अध्ययनशील र बोलैया भएकाले उनलाई सबैले मन पराउँथे। टिहाउस ट्रेकिङमा साँझ जब उनी आफ्ना पाहुनालाई ब्रिफिङ दिन्थे। त्यतिबेला अन्य टेबलका पाहुना पनि नजिकै आएर उनका कुरा सुन्थे। उनीहरू काठमाडौं फर्केपछि ड्रिङ्क्स खुवाउँथे। टिप्स समेत दिन्थे।  

सगरमाथाबाट फर्केर आउँदा विरामी टोलीसँग नाम्चेमा भेट भयो। मेहेनती र इमान्दार भएकाले त्यतिखेर पर्यटकले उनलाई मन पराए। उनीहरू फर्केपछि काठमाडौंमा ५ दिन बसे। तिनले न्यूरोडमा उनलाई टिर्शट, जिन्स पाइन्ट र ब्राण्डेड जुत्ता किनिदिए। नसोचेको उपहार र गाइडको भन्दा पनि बढी टिप्स पाउँदा उनी मख्खिए। 

धादिङको बसेरी गाउँमा विद्यालय भवन बनाउन सहयोग गर्ने अमेरिकी नागरिकहरूका साथमा।  

त्यही सिजनको अर्को महिना दोस्रो यात्रा सुरु भयो अन्नपूर्ण सर्किटमा। उनका गाइड थिए–भिम लामा। साथमा ४ जना अष्टे«लियन पर्यटक थिए। तिनका ३ वटा झोला डोरीले बाँधेर सबैभन्दा अघि लागे न्यौपाने। विदेशी आउँदा उकालीमा मुसुमुस हाँस्दै पर्खिरहेका हुन्थे।  

‘यति गहुँगो  भारी बोकेर पनि हाँसिरहने भरिया’ भनेर विदेशीहरू चकित पर्थे।  

जम्मा दुई पटक पदमार्गमा भरिया बनेर हिँडेपछि अर्को सिजनमा उनी गाइडमा बढुवा भए। गाइड बनेर डुलेको पहिलो पदयात्रा अन्नपूर्ण सर्किट थियो। स्वीजरल्याण्डका दुई जना पर्यटक थिए।  

‘तिनलाई खुसी बनाउनुपर्ने थियो’, उनले सम्झिए, ‘म पहिलो पटक गाइड भएको हुँ भन्ने छनकै दिइनँ।’ त्यही बेला उनले गणेश हिमाल पदयात्रा गरे।  

अध्ययनशील र बोलैया भएकाले उनलाई सबैले मन पराउँथे। टि हाउस ट्रेकिङमा जाँदा साँझ जब उनी आफ्ना पाहुनालाई ब्रिफिङ दिन्थे। त्यतिबेला अन्य टेबलका पाहुना पनि नजिकै आएर उनका कुरा सुन्थे। उनीहरू काठमाडौं फर्केपछि ड्रिङ्क्स खुवाउँथे। टिप्स समेत दिन्थे। यसले उनमा पर्यटन मोह झन् बढायो।  

केही वर्षपछि उनी पर्वतारोहणतिर पनि लागे। उनी सन् १९९६ मा ८ जना बेलायतीसँगै गोक्यो, चोलापास र आइल्याण्ड पिक पुगे। आइल्याण्ड पिक चढेर फर्केपछि उनमा पर्वतारोहणप्रति तृष्णा जाग्यो। त्यसैले पर्वतारोहणको आधारभूत जानकारी लिन उनले बालाजुमा रक क्लाइम्बिङ सिके।  

उनी ट्रेकिङ व्यवसायीहरूको साझा सस्था ‘ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल’ (टान)को नेतृत्वमा पनि पुगे। सन् २०११ देखि सन् २०१३ सम्म नेतृत्वमा रहँदा नयाँ पर्यटन प्रोडक्ट ‘टान इन्टरनेशनल इको च्यालेन्ज’को अबधारणा ल्याएर मूर्त रुप दिए। त्यस्तै टानले नयाँ पदमार्ग खोज्ने क्रममा राजेन्द्र सुवेदी र उनको नेतृत्वमा गणेश हिमाल क्षेत्रमा ‘रुबी भ्याली पदमार्ग’ एक्सप्लोर गरेर नमुना काम गरे।  

उपल्लो डोल्पामा। 

उनले सन् १९९७ मा लिड गर्न थाले। त्यो वर्ष फिनल्याण्डका एक गोरालाई मेरा पिक, आइल्याण्ड पिक र लोबुचे पिक आरोहणमा गराए। दुई सातामा तीनवटै पिकमा पु¥याए। त्यही वर्षको अर्को महिनामा फेरि स्विस नागरिकलाई आइल्याण्ड पिक चढाए।  

पदयात्रामा भन्दा पर्वतारोहणमा चुनौती बढी छ। आखिर चुनौतीमै त छ मजा। उनले  आइल्याण्ड पिक ६ पटक, मेरा पिक २ पटक, लोबुचे पिक २ पटक, पाछ्यार्मो (रोल्वालिङ) १ पटक, याला पिक २ पटक, नयाक्याङ १ पटक, चोलु फारइष्ट १ पटक, चोलु वेष्ट १ पटक र टेण्ट पिक १ चोटी चढिसके।  

उनी मुलुकभित्रका सबै पदमार्गमा हिँडिसके। कञ्चनजंघा वेस क्याम्प, मकालु बेस क्याम्प, अरुण भ्याली, सगरमाथा आधारशिविर, खाङमाला पास, चोला पास, रोल्वालिङ टासी लाप्चा पास, लाङटाङ भ्याली, रुबी भ्याली, मनास्लु, अन्नपूर्ण क्षेत्र, धौलागिरि क्षेत्र, उपल्लो मुस्ताङ, तल्लो र माथिल्लो डोल्पा, गुरिल्ला  लगायतमा पर्यटक घुमाइसके।  

उनी नेपालका कुनाकन्दरामा मात्र होइन, विदेशका भूमिमा समेत घुमेका छन्। भारत, तिब्बत, थाइल्याण्ड, बेलायत, बेल्जियम, लक्जेम्बर्ग, नेदरल्याण्ड, दक्षिण अफ्रिका लगायत मुलुकमा। विदेशमा भन्दा स्वदेश नै रमाइलो लाग्छ उनलाई।    

घुम्नुमै आनन्द देखेका छन् उनले। भौगोलिक हिसाबले नेपाल सानो छ तर प्राकृतिक, सांस्कृतिक र जैविक विविधताका हिसाबले निकै ठूलो छ। जता डुल्यो उतै रमाइलो हुन्छ। फरकफरक जीवनशैली, संस्कृति र समाजको बनोटले भुतुक्कै बनाउँछ।  

भारतको चण्डीगढमा।  

पर्यटनको अथाह सम्भावन भएको हाम्रो मुलुकले वर्षमा १५ लाख पर्यटक पनि भित्र्याउन सकेको छैन। अनुभवी गाइड न्यौपानेलाई लाग्छ, ‘संसारभरका उत्पादित वस्तु बजारमा पु-याउन मार्केटिङको भूमिका ठूलो हुन्छ। हामीसँग यति धेरै सम्पदा र आकर्षण छन् तर, हामीले उपभोक्ताको माझमा त्यसलाई राम्रोसँग पस्कन सकेका छैनौं।’  

नेपालले कनेक्टिभिटीमा जोड दिनुपर्छ। युरोपबाट आउने बजेट ट्राभलरहरू हवाईभाडा महँगो भएकाले यता आउन सक्दैनन्। ‘एउटा पर्यटक छिमेकी दिल्लीमा ५ सय डरलमा आउन सक्छ’, उनी भन्छन्, ‘काठमाडौं आउन त्यही उडान झन्डै दोब्बर मूल्य पर्छ।’

नेपालको पर्यटन विकास गर्न सरकारले नेपाल वायुसेवाको क्षमता बढाएर बढीभन्दा बढी देशमा उडान विस्तार गर्नुको विकल्प छैन। अब सगरमाथा र लुम्बिनीको देश मात्र भनेर बस्नु हुँदैन। हामीसँग भएका सबै सम्पदाको डिजिटल मार्केटिङ जरुरी छ। यसमा नेपाल पर्यटन बोर्डको भूमिका ठूलो हुनुपर्छ।  

उनले भरिया र गाइड बनेर ६ वर्ष त्यो कम्पनीमा काम गरे। पर्याप्त अनुभव बटुले। उनलाई विदेशी साथीहरूले पटकपटक भने, ‘तिमी कम्पनी खोल हामी सहयोग गर्छौं।’  

विडम्बना ! कोभिड–१९ ले उनीहरूको सपनालाई धक्का दियो। तर आत्तिएका छैनन् उनीहरू। कोरोनालाई पराजित गरेपछि गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ। त्यसको तयारीस्वरूप जनशक्तिलाई तालिम दिने, डिजिटल मार्केटिङ गर्ने, योजना बनाउने र नयाँ रुटहरू प्रवद्र्धन गर्ने काम गरिरहेका छन्।  

रसुवाको तामाङ हेरिटेज ट्रेलमा। 

अन्ततः उनी कम्पनी खोल्ने निर्णयमा पुगे। साथीहरूलाई कन्भिन्स गराउन समय लाग्यो। साथीहरूलाई विश्वस्त बनाएर सन् २ हजार अगस्टमा कम्पनी खोले। सुरुमा उनका साझेदार थिए– सुर्दशन न्यौपाने, ध्रुबमित्र न्यौपाने र दयानिधि ढकाल।  

पछि सन् २०१४ मा शुदर्शन र ध्रुबमित्र होटलमा सिफ्ट भए। अचेल सरोज र दयानिधि मिलेर कम्पनी चलाउँदै छन्। उनले सन् २०१८ मा साथीहरूसँग मिलेर ठमेलमा होटल ‘रोयल स्विट’ पनि सुरु गरे।  

विडम्बना ! कोभिड–१९ ले उनीहरूको सपनालाई धक्का दियो। तर आत्तिएका छैनन् उनीहरू। कोरोनालाई पराजित गरेपछि गुणस्तरीय सेवा प्रदान गर्ने योजना छ। त्यसको तयारीस्वरूप जनशक्तिलाई तालिम दिने, डिजिटल मार्केटिङ गर्ने, योजना बनाउने र नयाँ रुटहरू प्रवद्र्धन गर्ने काम गरिरहेका छन्।  

उनी ट्रेकिङ व्यवसायीहरूको साझा सस्था ‘ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल’ (टान)को नेतृत्वमा पनि पुगे। सन् २०११ देखि सन् २०१३ सम्म नेतृत्वमा रहँदा नयाँ पर्यटन प्रोडक्ट ‘टान इन्टरनेशनल इको च्यालेन्ज’को अबधारणा ल्याएर मूर्त रुप दिए। त्यस्तै टानले नयाँ पदमार्ग खोज्ने क्रममा राजेन्द्र सुवेदी र उनको नेतृत्वमा गणेश हिमाल क्षेत्रमा ‘रुबी भ्याली पदमार्ग’ एक्सप्लोर गरेर नमुना काम समेत गरे। चल्तीको गणेश हिमाल पदमार्गलाई रुबी भ्याली पदमार्गका रुपमा ब्राण्डिङ गर्ने जस पनि उनीहरूलाई नै जान्छ। 

जन्मथलोको स्वागतमा विदेशीका साथमा। 

सरोज संघर्षले खारिएका पर्यटनकर्मी। उनले दुईचार पैसा कमाएर परिवार त बलियो बनाएका छन् नै, सामाजिक काममा समेत योगदान पु¥याउँदै आएका छन्। सन् २००८ मा आफ्नै गाउँको जलकन्या प्राविमा ४ कोठे पक्की भवन बनाइदिएर सामाजिक काम थालें । त्यही बेलादेखि निजी श्रोतका एक शिक्षकको तलब जोहो गर्दै आएका छन्। उनको होस्टेमा अमेरिकी नागरिक गेरी फिल्ब्रिकको हैंसे छ।  

१२ वैशाखमा भुइँचालो आएपछि पनि उनी राहत वितरणमा संलग्न भए। हालका एनआरएनएका सहकोषाध्यक्ष बेलायत निवासी लोक दाहालको सयोजनमा डा. लुक बुकुरको नेतृत्वमा आएको स्वास्थ्य विशेषज्ञ टोलीले धादिङका मुलपानी, बुढाथुम, बसेरी र गोरखाको मान्बुमा स्वास्थ्य शिविर चलायो। शिविरमा उनले १५ दिनसम्म निःशुल्क अनुवादकका  रूपमा काम गरे। 

पर्यटनकर्मी न्यौपानेको परिवार।  

उनी बेलाबेलामा गरिबदुःखीको सेवा गर्छन्। उनले कालिमाटी, काठमाडौंको ओसिस अनाथालयलाई दुइटा ल्यापटप सहयोग गरेका छन्। त्यस्तै सन् २०१८ मा कर्नाली प्रदेशको दैलेखमा राउटेको उपचारमा सञ्चालित शिविरमा पनि सक्दो सहयोग पु-याए।

जीवनका २६ वर्ष पर्यटनमा विताएका ४८ वर्षे न्यौपाने काठमाडौंको वनस्थलीमा परिवारसहित बस्छन्। उनका बुबाआमा, दुई छोरा र श्रीमती छन्। लकडाउनले गर्दा उनीहरू यतिबेला गाउँमा छन्।  

उनको जीवनकथाले आफ्नो काममा निरन्तर इमान्दारीपूर्वक लागेमा सफल भइन्छ भन्ने सन्देश दिन्छ। उनको सुस्वास्थ्य एवं दीर्घायूको हार्दिक शुभकामना! 

आफ्नै कार्यालयमा सरोज न्यौपाने। 

प्रकाशित: ४ भाद्र २०७७ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App