२४ चैत्र २०८१ आइतबार
image/svg+xml १५:२६ अपराह्न
समाज

कार्यकक्ष छिर्न पाएनन् गुरागाईं, कर्मचारीकाे ढोका फोड्ने प्रयास

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् ।

गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा पुगेका छन्। उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरिएको थियो।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिई उनलाई कार्यालय प्रवेश गराएका थिए ।  तर उनी कार्यकक्षमा भने छिर्न दिइएन। कार्यकक्षमा ताल्चा लगाइएको थियो। ताल्चा खोल्न नसकेपछि प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षभित्र छिर्न सकेनन्।

सोही क्रममा गुरागाईंलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरूले कार्यकक्षको ढोका तोडफोड गरेका छन्। ढोकाको सिसा फोडेका छन्।

प्रकाशित: २१ चैत्र २०८१ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App