१ वैशाख २०८२ सोमबार
image/svg+xml १६:२३ अपराह्न
खेल

आईपीएलः सनराइजर्स र गुजरातबीच खेल हुँदै

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आइतबार सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।  

हैदरावाद प्याट क्युमिन्स र गुजरात शुभमन गिलको कमानीमा मैदान उत्रनेछ ।  

हैदरावादविरुद्ध जित निकाल्न सके गुजरातले अपराजित देल्ली क्यापिटल्ससँग अंक बराबरी गर्नेछ । फराकिलो जित निकाल्न सके गुजरात शीर्ष स्थानमा पुग्नेछ । गुजरात ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ । देल्लीले ३ खेलबाट ६ अंक छ । 

तालिकाको पुछारमा रहेको हैदरावादले भने चार खेलमा अंक जोड्न सकेको छैन । 

प्रकाशित: २४ चैत्र २०८१ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App