१६ फाल्गुन २०७७ आइतबार
ब्लग

हेल्लो फिनल्याण्ड !

नियात्रा

ओडी हेल्सिन्की पुस्तकालय ।

अक्टबुर महिनाको मध्य । रातको दश बजेको थियो हामी फिनल्याण्डको हेल्सिन्कीमा ओर्लंदा । यो विमानस्थल राजधानी हेल्सिन्की र भान्ता शहरमा पर्दो रहेछ । त्यसैले यसको नाम हेल्सिन्की भान्ता एयरपोर्ट राखिएको रहेछ । मलाई एयरपोर्ट झर्नेबित्तिकै फेसबुकमा चेक इन गर्न मन लाग्छ । प्लेनबाट झर्ने अन्य यात्रुलाई बाटो दिँदै हामीले एउटा सेल्फी लियौं र मैले त्यही फोटो पहिलोपटक फिनल्याण्डबाट पोस्ट गरें जहाँ फोटो सँगै ‘हेल्लो फिनल्याण्ड’ लेखेको थिएँ ।

फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा २५ मिनेट लागेको थियो । ढिलो भयो भनेर कसैले पनि बोलेनन् । अनुशासित रूपमै लाइनमा बसे । प्लेनबाट झरेपछि अध्यागमन पुग्न लगभग ३० मिनेट हिँड्नुप¥यो ।

म पुगेका अन्य देशमा प्लेनबाट झरेर इमिगे्रसन पुग्न राम्रै समय लागेको अनुभव सँगालेको छु । यहाँको एयरपोर्टको बनावट पनि यस्तै थियो । अर्को कुरा युरोपका प्रायः देशमा अध्यागमन त्यहाँको प्रहरीले हेर्छ । यहाँ पनि त्यही थियो । राति भएर होला इमिग्रेसन काउन्टरमा दुई जना अफिसरले मात्र सेवा दिइरहेका थिए । त्यसैले भिसा हुने हामी जस्ताको लाइन लामै थियो । फिनिस र युरोपियन मुलका नागरिक इगेटबाट सरासर गइरहेका थिए ।  

सुमन घिमिरे

हामी बसेको क्लाइन यति ढिलो बगेको थियो कि हेल्सिन्कीबाट ताम्पेरेका  लागि राति एक बजेका लागि लिएको बसको टिकट खेर जान्छ कि भन्ने पिरलो बढ्न थालेको थियो । अझ, त्यो बस छुट्यो भने के गर्ने भन्ने कुरा मनमा खेल्दै थियो ।  

म ताम्पेरेमा रहेकी बहिनी सिर्जनासँग निरन्तर अनलाइन सम्पर्कमा थिएँ । उसले मलाई मेसेन्जरमा सन्देश पठाई, ‘लगेज लिएर कस्टमबाट बाहिर निस्कँदा दाहिनेतिर बसको सिम्बल छ । त्यही फलो गर्दै निस्कनुपर्छ, बस नं ५५, ५६ र ५७ को स्टपमा ताम्पेरे जाने बस लागेको हुन्छ । उसले भनेजस्तै ग¥यौं ।  

इमिग्रेसनमा लामो समय र थकानले भोक पनि लागेको थियो । बस स्टप जाने बाटाको एउटा साइडमा बर्गर किंग खुल्ला रहेछ । हामीले चिकेन बरगर र फ्राइज खायौं । नजिकै आरकेवस्की पसल खुला रहेछ । मैले फिनिस सिमकार्ड लिएँ ।  

‘बस स्टप जान हतार नगर्नु बाहिर चिसो छ’, बहिनीले भनेजस्तै ग¥यौं ।  साँच्चै बस आउनुभन्दा पन्ध्र मिनेटअघि पुग्दा पनि निकै जाडो थियो । रात भएको कारण फिनल्याण्डको पहिलो रात, हेल्सिन्कीबाट ताम्पेरे पुग्दासम्म वास्तविक फिनल्याण्डको मुहार अत्तोपत्तो भएन । बाटाभरि बसमा भएको वाइफाई सदुपयोग ग¥यौं ।  

ताम्पेरे बस स्टेसन पुग्दा बिहानको ४ बजेको थियो । बाहिर पानी परिरहेको थियो । जाडो, त्यसमाथि पानी । हतारहतार पार्किङ वेतिर लाग्यौं । त्यहाँबाट बहिनीको घर पुग्न २० मिनेट लाग्यो । बिहान भए पनि खाने कुरा खाएर सुत्ने तरखर ग¥यौं ।  

बिहान ९ बजे नै मेरो आँखा खुले । मोबाइलमा हेरें । तापक्रम ४ डिग्री थियो । यसको मतलब बाहिर निकै जाडो थियो । झ्यालबाट तल हेर्दा केही दिनअघि झरेका हिउँका लप्का भुइँमा देखिन्थे । कताकता अहिले नै तल गएर ती हिउँका लप्कासँग खेलौं भन्ने भावना नआएको होइन । नेपालमा कालिन्चोक जाँदा होस् वा दामन हिउँका लप्कासँग खेलिएको थियो । न्यूयोर्क, डब्लिन, लण्डन, जुरिक लगायतका विदेशका शहर पुग्दा पनि हिउँसँग नखेलेको भने होइन ।  

मलाई फिनल्यान्ड उत्रेपछि राति एयरपोर्टको लाममा उभिरहँदा हाम्रो त्रिभुवन विमानस्थलको लामको विषयमा केही समयअघि सामाजिक सन्जालमा उठेका कुराको याद आयो । फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा अध्यागमन पार गर्न १ घण्टा २५ मिनेट लागेको थियो । ढिलो भयो भनेर कोही पनि बोलेनन् । अनुशासित रूपमै लाइनमा बसे । प्लेनबाट झरेपछि अध्यागमन पुग्न लगभग ३० मिनेट हिँड्नुप¥यो ।  

फिनल्याण्डमा शिक्षक हुन त्यति सजिलो रहेनछ । कम्तीमा एउटा विषयमा मास्टर्स गरेको हुनुपर्छ । अझ एकभन्दा बढी विषयमा मास्टर्स गरेका शिक्षक प्राथमिकतामा पर्ने रहेछन् ।  

अरु देशका विमानास्थलको अवस्था पनि यही हो । नेपालमा प्लेनबाट झरेपछि ५ मिनेटमै अध्यागमन पुगिन्छ । यो राम्रो पक्ष हो । चाँडै अध्यागमन पार गर्ने हुनाले लगेज समयमा नपुगेको भान हामीलाई हुन्छ । हाम्रो विमानस्थलमा सुधार गर्नुपर्ने चीज धेरै छन् तर लाइनका विषयमा हामी जुन अफवाह फैलाउँछौं त्यो मलाई ठीक लाग्दैन ।  

युरोपका धेरै देश घुमे पनि मध्य भागमा पर्ने फिनल्याण्ड मेरा लागि नौलो थियो । प्रायः राजधानी केन्द्रित रहने मेरो विदेश यात्रा यसपटक तेस्रो गन्तव्यमा आएर अड्केको थियोे । यस्तो कि नेपाल आउने कुनै पर्यटक काठमाडौं झरेर सोझै चितवन गएजस्तै । मैले हेल्सिन्की त टेकें तर म सोझै ताम्पेरेको पाहुना बनें ।  

मेरो दिमागमा फिनल्याण्ड भन्नेबित्तिकै आउने कुरा दुइटा थिए । एक नोकिया मोबाइल कम्पनीको देश र अर्को यहाँको शिक्षा । नोकिया एउटा नदीको नाम रहेछ र त्यही नदीको नाममा शहरको नामाकरण भएको रहेछ । यसरी मोबाइल कम्पनीले नोकिया नाम लिएका रहेछन् । नोकिया कम्पनीले सुरुमा कागजको काम गर्दथ्यो र पछि मात्र मोबाइल क्षेत्रमा गएको थियो । अहिले पनि मोबाइल भन्नेबित्तिकै नोकिया नै याद आउँछ । र हामीले सुरुवाती मोबाइल नोकिया ३३१० प्रयोग गरेका थियौं, जसमा स्नेक गेम निकै प्रख्यात थियो ।

फिनल्याण्डको शिक्षा विश्वकै उत्कृष्ट किन रहेछ भन्ने कौतुहलता यस  पटकको यात्रामा बढ्यो । त्यसमाथि ईश्वर कँडेल सरले मेसेज पठाएर मलाई सोध्नुभएको प्रश्नले यहाँको शिक्षाबारे जान्ने उत्सुकता थपेको थियो । समान शिक्षानीति र विज्ञानमा जानकार शिक्षक यहाँको शिक्षालाई गुणस्तरीय बनाउने मियो रहेछन् । त्यसो त शिक्षण पेशालाई यहाँ निकै आधार गरिन्छ ।  

फिनल्याण्डमा शिक्षक हुन त्यति सजिलो रहेनछ । कम्तीमा एउटा विषयमा मास्र्टस गरेको हुनुपर्छ । अझ एकभन्दा बढी विषयमा मास्टर्स गरेका शिक्षक प्राथमिकतामा पर्ने रहेछन् । बालबालिकाको उमेर ७ नपुगिन्जेल विद्यालय जान पर्दैन । ६ वर्षसम्म घरमै अनौपचारिक शिक्षा दिइन्छ, र काममा जानुपर्ने बाबुआमाले डे केयरमा राख्छन जहाँ पढाउनेभन्दा खेलाउने गरिन्छ ।  

जब बालबालिका ७ वर्षमा टेक्छन् उनीहरूको औपचारिक शिक्षा सुरु हुन्छ । हाम्रोजस्तो शिशु, प्राइमरी र हाइस्कुल भनेर यहाँको शिक्षाप्रणालीमा छुट्याइएको छैन । निरन्तर ९ वर्षसम्म शिक्षा दिइन्छ । अझ तल्लो कक्षामा त एउटै शिक्षकले एउटै विद्यार्थी समूहलाई पढाउने रहेछन् । यसो गर्दा शिक्षकले विद्यार्थीको व्यवहार, आचरण र विद्यार्थीले पनि शिक्षकसँग पारिवारिक वातावरण पाउँछन् । फिनल्याण्डमा निजी विद्यालय छैनन् । त्यही भएर पनि यहाँको शिक्षामा एकरूपता छ । विद्यालय जाँदा जस्तोसुकै पोशाक लगाए पनि हुन्छ । यहाँ विद्यार्थी ढिलो विद्यालय जाने गर्छन र चाँडै घर फर्कन्छन् । स्कुलमा पनि प्रशस्त ब्रेक र नास्ताको व्यवस्था हुन्छ । विद्यार्थीको परीक्षाप्रणालीबाट गे्रडिंग गरिँदैन बरु उनीहरूको क्रियाकलापलाई हेर्दै मार्क दिने गरिन्छ । 

जब बालबालिका ७ वर्षमा टेक्छन् तब उनीहरूको औपचारिक शिक्षा सुरु हुन्छ । ६ वर्षसम्म उनीहरूलाई घरमै अनौपचारिक शिक्षा दिइन्छ, र काममा जानुपर्ने बाबुआमाले डे केयरमा राख्छन जहाँ पढाउनेभन्दा खेलाउने गरिन्छ ।   

फिनल्याण्डमा कुनै विद्यार्थी असफल भयो भने त्यसलाई शिक्षकको असफलताको संज्ञा दिइन्छ । त्यही भएर कहिलेकाहीँ भनिन्छ, ‘यहाँ परीक्षा विद्यार्थीको नभई शिक्षकको हुन्छ ।’

विश्वविद्यालय दुई किसिमका छन् । एउटा युनिभर्सिटी र अर्को युनिर्भसिटी अफ एप्लाइड साइन्सेस् ।

एक दिन लोकल बसमा हामी शहर घुम्न निस्केका थियौं । मैले फेसबुकमा लाइभ गरें । एउटा कमेन्ट आयो, लोकल बस पनि यति राम्रो ! मलाई घत लाग्यो । लोकल बस हाम्रो टुरिस्ट बसभन्दा राम्रा थिए । आखिर कसरी राम्रा भए त ? आफैं भएको पक्कै हैन होला । नागरिकले राज्यको सम्पतिलाई गरेको माया हो ।  

हाम्रोमा यस्तो छैन । सरकारी भनेपछि बिर्गानै पर्दछ भन्ने मानसिकताले हामीमा जरो गाडेको छ । यसको जिम्मा हामी सबै नेपालीले लिनुपर्छ । सार्वजनिक सम्पत्तिको माया जबसम्म हामीमा आउँदैन, हाम्रोमा यस्तै रहनेछ । सरकारी बैंक, अफिस, बस, वायुसेवा जस्ता चीज निजीभन्दा नराम्रा छन् वा त्यसको उचित स्याहार भएको छैन ।  

एउटा स्टपबाट हामी चढेको बसमा भर्खरको बालक पनि चढेको थियो । घाँटीमा स्कुलको आइडीकार्ड भिरेको थियो । ड्राइभर ढोकाबाट ऊ बस चढ्यो अनि आफ्नो बस कार्ड टच गरायो र मेरो नजिकै सिटमा बस्यो । मैले सोधें, कति कक्षामा पढ्छौ ?

उसले भन्यो, १ कक्षामा ।  

ऊ हरेक दिन यसरी नै स्कुल आउनेजाने गर्ने रहेछ । ऊ त प्रतिनिधि पात्र थियो, फिनल्याण्डका धेरै बालक निष्फिक्री यसरी आउनेजाने गर्छन । उनीहरू र अभिभावक दुवै घरबाट स्कुल र स्कुलबाट घरको यात्रा सुरक्षित महसुस गर्छन ।  

फिनल्याण्डको नगर बसमा यदि तपाई बच्चाको स्ट्रलर लिएर यात्रा गर्नुभएको छ भने भाडा लाग्दैन । सात वर्षसम्मको बच्चालाई निःशुल्क छ भने ७ देखि १६ सम्मका लागि वयस्कको भाडामा ६० प्रतिशत छुट हुन्छ । एक दिन हामी टे«नमा ताम्पेरेबाट हेल्सिन्किीको यात्रा गर्दै थियौं । टिकट जाँच गर्नेले हाम्रो टिकट जाँच ग¥यो । हामीसँगै रहेकी भान्जीलाई खल्तीबाट एउटा टिकट झिकेर दियो । ट्रेनकोे डमी टिकट । भान्जी निःशुल्क यात्रा गर्दै थिइन्, तैपनि टिकट दिने काइदाको चलन रहेछ । यसो गर्दा भविष्यमा बच्चाले टिकट नलिई ट्रेन चढ्न हुँदैन भन्ने सिकाई हुन्छ रे । मलाई गज्जब लाग्यो यो चलन ।  

हामी ताम्पेरे बस स्टेशन पुग्दा बिहानको दश बजेको थियो । नजिककै क्याटमाण्डु नाम गरेको नेपाली रेष्टुराँ देखियो । आज हामीले खाना भने पनि खाजा भने पनि यतै खाने निर्णय गरेका थियौं । तर रेष्टुराँ खोल्न अझ एक घण्टा बाँकी थियो । सृजनाले रीमालाई फोन गरिन ।  

‘हामी आउँदै छौं, पाँच मिनेट’, उताबाट आवाज आयो । नभन्दै पाँच मिनेटमै रीमा र दिलुजी आउनुभयो । उहाँहरू नै त्यो नेपाली रेष्टुराँकोे मालिक हुनुहुन्छ । हामी परिचित थियौं र घुम्न जाने कुरा भयो र हामी नजिकैको टोर्नी टावर होटलतर्फ लाग्यौं ।  

ताम्पेरे शहरमा दुईतीनवटा अग्ला टावर देखिन्छ । त्योमध्य टोर्नी टावर सबैभन्दा अग्लो । त्यहाँ होटल छ अनि माथिल्लो तल्लामा मोजो स्काई बार खुला गरिएको छ । यो नै फिनल्याण्डको सबैभन्दा अग्लो बार हो । रिसेप्सनबाट सोझै माथिल्लो तल्ला पुग्ने लिफ्ट छ । त्यहाँ जान शुल्क लाग्दैन । माथिबाट हेर्दा ताम्पेरको भौगोलिक बनावट मजाले देखिन्छ अनि सिटीको सुन्दर दृष्य पनि । फिनल्याण्ड तालैतालको देश हो । त्यही भएर होला हामीले माथिबाट थुप्रै पानी भएको भाग देखेका थियौं ।  त्यहींबाट अर्को अग्लो टावर देखेर दिलुजीलाई सोधें । उहाँले भन्नुभभयो, ‘त्यो नसिन्युला हो ।’  

एकाएक त्यता पनि जाने निर्णय गरियो । स्काइ बारमा एकएक ग्लाँस सेम्पेन पिएर हामी नासिन्युलातर्फ लाग्यौं ।  

ओडी पुस्तकालयको डिजाइनले मलाई निकै लोभ्यायो । यो पुस्तकालय पनि यहाँको प्रमुख पर्यटकीय आकर्षण रहेछ । पढ्ने पनि उत्तिकै, घुम्न आउने पनि उत्तिकै । तर एकले अर्कोलाई कत्ति डिस्टर्ब नगरी घुम्दा रहेछन् ।  

टोर्नी टावर होटलबाट हामीले ट्याक्सी लियौं । ट्राफिक राम्रै थियो, त्यही भएर हामी साविकभन्दा बढी समय लगाएर त्यहाँ पुग्यौं । नासिन्युला टावरको वरिपरि फनपार्क रहेछ । यो फिनल्याण्डकै ठूलो फनपार्क हो ।  गर्मी महिनामा यहाँ बच्चाबच्ची लिएर आउनेको भीड ज्यादा हुन्छ । दिलुजी भन्दै हुनुहुन्थ्यो, ‘कत्तिले आफ्ना नानीलाई पार्कमा छोड्यो अनि नासिन्युला टावरमाथि रहेको रेष्टुराँमा आएर खाना र मदिराको मजा लिन्छन् । यो टावरको निर्माण ३३ दिनमा भएको रहेछ ।’

हामी लिफ्ट लिएर सुरुमा अभजरभेसन डेकमा पुग्यौं । त्यहाँबाट फेरि ताम्पेरको सुन्दर दृष्य अवलोकन ग¥यौं । भोक लागेको थियो । नासिन्युला रिभलभिंग रेष्टुराँमा गएर खाँदै गर्दा हामी बिस्तारै ताम्पेरे शहरलाई परिक्रमा गरिरहेका थियौं ।  

‘फिनल्याण्ड आएर साउना नलिई जान मिल्दैन’, दिलुजीले भन्नुभयो । बहिनी ज्वाइँको अपार्टमेन्टमा रहेको साउनालाई हामीले एक घण्टाका लागि बुक ग¥यौं । चिसो ठाउँ भएर हो कि यहाँ साउना अनिवार्य जस्तै थियो । हामीले  आधा घण्टा जति साउनामा बितायौं । यो बेला लागेको थियो, अब नेपाल फर्केर घरमा एउटा साउना राख्छु तर अहिले कथै भयो ।  

फिनल्याण्ड आइसकेपछि वरिपरिका देश नघुम्दा खल्लो हुन्छ भनेर म डेनमार्क, स्विडेन र नर्वे पनि पुगेँ । हाम्रो हेल्सिन्कीबाट स्टकहोमको यात्रा गजब र सम्झनलायक थियो । पहिलोपटक पानी जहाजमा यात्रा गरिरहेको थिएँ । डब्लिनमा हुँदा पानी जहाज चढेर बेलायत जाने मेरो सपना अधुरो थियो । आज पानीजहाजमा रातभर चढेर स्टकहोमको यात्रा गर्दै थियौं । रिसेप्सनको लिफ्टबाट हामी दशौं तल्लामा रहेको हाम्रो कोठामा पुग्यौं । तारे होटलभन्दा कम थिएन । सपिंग सेन्टर, रेष्टुराँ, बार, डिस्को थियो । लाग्थ्यो कि एउटा सानो शहरमा थियौं ।  

कोठामा लगेज राखेर हामी पानीजहाजको माथिल्लो डेकमा गएर हेल्सिन्की शहरलाई पुनः अवलोकन ग¥यौं । पानीजहाज बिस्तारै घाट छोड्दै स्टकहोमतर्फ अघि बढिरहेको थियो । यो मेरा लागि पहिलो अनुभव थियो । पानीजहाजका क्याप्टेनले स्टकहोम पुग्नुभन्दा आधी घण्टाअघि एराइभलको जानकारी दिँदै थिए, प्लेनमा पाइलटले लिएजस्तै । हामी साँझ यही पानी जहाजमा फर्कदै थियौं । त्यही भएर चाहिने सामान मात्र लिएर र्ओलियौं ।

दिनभर स्टकहोम घुमेर हामी त्यही पानीजहाजमा हेल्सिन्की फर्कन बोर्डिंग गरिसकेका थियौं । निर्धारित समयमा जहाज हिँड्ला भनेको त्यसो भएन । एक घण्टा, दुई घण्टा ढिलो हुँदै आखिरमा जहाजले आफ्नो यात्रा रद्द ग¥यो ।  हामीलाई फसाद प¥यो । पछि इन्र्फमेसन डेस्कमा बुझ्दा भोलि अर्को जहाज बिहान फिनल्याण्डको अर्को शहर र्तोकुका लागि जाने भयो । हामीले हेल्सिन्कीबाट ताम्पेरेका लागि लिएको टे«नको टिकट अब काम नलाग्ने भयो । हामी अब तोर्कुबाट सोझै ताम्पेरे जाने भयौं । 

मैले फिनल्याण्डलाई चिनेको १२ वर्ष भयो । मेरो स्कुलका साथी हिरामणि अध्ययनको सिलसिलामा फिनल्याण्डको कोपियो गएपछि फिनल्याण्डबारेमा जानकारी राख्न थालेको थिएँ । म पनि त्यतिबेला आयरल्याण्डको राजधानी डब्लिनमा पढ्थें । ऊ अचेल हेल्सिन्कीमा बस्दो रहेछ !  

फिनल्याण्ड आएर हेल्सिन्की घुम्न नपाउने हो कि भन्ने पीर मलाई परेको थियो । त्यही भएर मैले एक दिन हेल्सिन्की घुम्ने समय छुट्याएको थिएँ । लण्डनमा भएको वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्कंदा हेल्सिन्कीको लागि मसँग पूरा एक दिन समय थियो । हिरामणिले मलाई घुमाउने बाचा गरेको थियो ।  

लण्डनबाट उडेको प्लेन हेल्सिन्की विमानस्थल ओर्लंदा बिहानको ९ बजेको थियो । मलाई लिन हिरामणि आइसकेको रहेछ । विमानस्थलमा रहेको लकरमा लगेज राखेर हामी ट्राम लिएर सिटीतर्फ गयौं । दिनभरको लकर चार्ज १० यूरो रहेछ । मौसम चिसो थियो । हामी ओर्लनेबित्तिकै कै हिउँ पर्न थाल्यो ।  

‘फोटो म खिच्दिन्छु’ भन्दै उसले मोबाइलबाट मेरो तस्वीर लिइदियो । निकै रमाइलो भयो । समय कम भएकाले मलाई महत्वपूर्ण र छुट्याउनै नहुने ठाउँ मात्र घुमाउन भनें । उसले त्यस्तै ग¥यो । हामी हेल्सिन्की क्यार्थिडल, ईस्प्लानादी, अस्पेन्की क्यार्थिडल, ओल्ड मार्केट हल, ओडी हेल्सिन्की पुस्तकालय घुम्यौं ।  

चिसो ठाउँ भएर हो कि यहाँ साउना अनिवार्य जस्तै थियो । हामीले  आधा घण्टा जति साउनामा बितायौं । यो बेला लागेको थियो, अब नेपाल फर्केर घरमा एउटा साउना राख्छु तर अहिले कथै भयो ।  

ओडी पुस्तकालयको डिजाइनले मलाई निकै लोभ्यायो । यो पुस्तकालय पनि यहाँको प्रमुख पर्यटकीय गन्तव्य रहेछ । पढ्ने पनि उत्तिकै घुम्न आउने पनि उत्तिकै । तर एकले अर्कोलाई कत्ति पनि डिस्टर्ब नगरी घुम्ने गर्दा रहेछन् ।  

आज र यो नै अन्तिम पटकको यात्रा होइन भन्दै हामीले घुम्ने क्रम विश्राम दियौं । एउटा नेपाली रेष्टुराँमा गएर खाजा खायौं । रातको १० बजे मेरो नेपालको उडान थियो । हामीसँग केही समय बाँकी थियो । हिरामणिको उसको घरमा मलाई लग्यो । केहीछिनको बसाइपछि म विमानस्थलतर्फ लागें । विमानस्थल पुग्दा साँझको ७ बजेको थियो । मनमा लाग्यो, फिनल्याण्ड घुम्न भ्याइएन ।  

आखिर विश्वकै खुशी जनता भएको देशलाई घुम्न कहाँ पुग्थ्यो र । अहिले त विश्वकै कम उमेर भएको प्रधानमन्त्री भएको देश फिनल्याण्ड हो । आफूले आफैलाई चित्त बुझाएँ । अर्को साल सुनिता, सुरभि र साम्भवीलाई लिएर फेरि आउँछु । दिलुजीले फोनमा भन्नुभएको कुरा सम्झें, ‘सृजना र निराजनहरू नेपाल फर्के भने पनि हामी छौं है, फिनल्याण्डमा घर छ भनेर सम्झनु होला ।’  

सिटको पेटी बाँधेको केही मिनेटमै म चढेको विमानले फिनल्याण्डको धर्ती छाड्यो ।  

प्रकाशित: ३० जेष्ठ २०७७ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App