घ्याम्पी ढुंगामा पछारिइन्। निधार फुटेर तरर्र रगत बग्यो। आँखाबाट बरबर आँसु झर्यो। उनको पीडा कसैले देखेनन्। सबैले घ्याम्पीलाई गाउँबाट निकाल्ने नै कुरा गरे।
बकिंघम दरबारमा बेलायतकी महारानी भित्र भए वा नभएको झण्डातोलनको प्रकारले थाहा हुँदो रहेछ। यदि महारानी भित्र भए रोयल स्टान्डर्ड झण्डोतोलन गरिँदो रहेछ भने बाहिर भएमा संयुक्त अधिराज्यको युनियन झण्डातोलन गरिँदो रहेछ।
ओडी पुस्तकालयको डिजाइनले मलाई निकै लोभ्यायो । पुस्तकालय पनि प्रमुख पर्यटकीय आकर्षण रहेछ । पढ्ने पनि उत्तिकै, घुम्न आउने पनि उत्तिकै । तर एकले अर्कोलाई कत्ति डिस्टर्ब नगरी घुम्दा रहेछन् ।