२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ४:३७ पूर्वाह्न
डा सुभाष पोखरेल


डा सुभाष पोखरेलका लेखहरु :

पत्रकारमाथि कहिलेसम्म प्रहार ?

पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्‍याउन निकै सकस पथ्र्यो।

भुइँ मान्छेको किसानी अभ्यास

खेती कर्ममा परिपक्व किसानहरू आफ्नै खेतीपातीबाट अनुभव लिँदै अपनत्व बढाउँदै, निपूर्णता तिखार्दै गरेको महसुस गरेँ।

तमोर

आज पनि फनिल माझी बिहानै हंसमोरङको अनुष्का खाजा घर पुग्यो। अघिल्लो दिन नै फलामेटार छेउ तमोरमा मारेको माछा पेरुङ्गोमा हाल्यो र बाटो लाग्यो।

कृषि प्रसारमा कृषि पाठशाला

कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।

प्रवर्द्धन पर्खँदै मौलिक नेपाली खेती

सन् १९८० को दशकमा विश्वका धेरै मुलुकमा जैविक कृषिमा सम्बद्ध किसान तथा उपभोक्त सचेत हुँदै जैविक कृषिका लागि आवश्यक नीतिनियम बनाउन, सिफारिसपत्र दिने व्यवस्था गराउन र जैविक कृषि बजारको व्यवस्था गर्न अग्रसर भए। जसले गर्दा जैविक कृषि उपजहरूको मापदण्ड निर्धारण र सिफारिस गर्ने काम थुप्रै विकसित देशमा सन् १९९० को दशकबाट अघि बढ्यो।

नेपाली खाद्य प्रणाली: रूपान्तरण र सुरक्षा

नेपाल विश्व भोकमरीको सूचकांकमा दयनीय अवस्थामा छ। करिब ३७ लाख मानिस खाद्य असुरक्षाको स्थितिमा छन्। खाद्यान्न आयात उच्च छ। कुपोषण र अन्य मानव स्वास्थ्य सूचकहरूको समेत अवस्था नकारात्मक छ।

कोभिड कहरमा खाद्य सुरक्षा

खेती र खाद्य प्रणालीको साङ्लो टुटेकाले खाद्यान्नको उपलब्धता, सरल पहुँच, उपयोग र दिगो आपूर्तिमा असन्तुलन निम्तिएको छ। जसले दिगो विकास लक्ष्यलाई समेत प्रभावित तुल्याउने अवश्यम्भावी छ।

फागुन १७ बाट बुद्धको नेपालगन्ज–दिल्ली उडान

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी फागुन १७ गतेदेखि नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने औपचारिक घोषणा गरेको छ।

आरक्षण : कहाँ, कसलाई, कतिपटक ?

लोकतान्त्रिक आन्दोलनपछिका कानुनले विभिन्न जातजाति तथा समुदायलाई राज्यका प्रत्यक अंगमा आरक्षणको सुविधा दियो । एक दशकको प्रयोगपछि आरक्षणले अपेक्षित परिणाम दियो कि दिएन,त्यसको लेखाजोखा आवश्यक हुन्छ। आरक्षण देश हितमाछ अथवा त्यसले केवल एउटा वर्गको उत्थानमा योगदान गर्याे, त्यसको निक्र्याेल खड्कियो।

आर्थिक कारणले धरापमा छ संघीयता ?

संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद्का अतिरिक्त सातै प्रदेशका विधानसभाले पूर्णता पायो । केन्द्र तथा प्रान्तमा सरकार गठनले रफ्तार लिँदो छ । लामो समयदेखि जनप्रतिनिधिबिहीनतामा रहेका स्थानीय तहले पदाधिकारी पाए । दुवै तह जोड्दा मन्त्री १ सय पुग्ने भए । सांसद संख्या झण्डै ९ सय पुग्यो।

सवाल सामाजिक सुरक्षा भत्ताको

दोस्रो विश्वयुद्ध समाप्तिपछि हतियारमा धेरै रकम खर्चनुपर्ने बाध्यता हट्यो । संयुक्त राष्ट्र संघ स्थापनाले अर्को महायुद्धको संभाव्यता ट¥यो । सैन्य तयारीको बदला पुँजी अन्यत्र खर्चन सक्ने अवस्थामा मुलुकहरू पुगे । लोककल्याणकारी अवधारणा विकास भयो । सम्पन्न मुलुकले आफ्ना जनतालाई आआफ्नै ढड्गले जनआकांक्षा पूर्ति गरेका थिए । तर गरिब मुलुकमा अवस्था फरक देखियो । वृद्ध, अशक्त तथा गरिब जनताको जीवन कष्टकर थियो।

न्यायालय सुधार

लामो समयदेखि थाती रहेको मुद्दा आफ्नै नेतृत्वको बेन्चमा राखी डा. शशी शर्मालाई ४ दिनका लागि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले आदेश दिएपछि डा. गोविन्द केसी आफ्ना पुराना थाती मागका सूचीमा न्यायमूर्ति पराजुलीलाई पदच्यूत गर्नुपर्ने बुँदा थप गरी अनशन बसे। केसीले गोपाल पराजुलीलाई बर्खास्त गर्ने मागसहित सत्याग्रह बस्दा दशकौँदेखि थाती मुद्दा सम्बन्धमा कानमा तेल हालेर बसेको सर्वोच्च अदालत तात्कालै क्रियाशील भयो अनि गोविन्दको कदमले न्यायालयको मर्यादामा आँच पुर्‍याएको ठहर गर्दै उनलाई तत्कालै पक्राउ गरी सिंहदरबार प्लाजामा ल्याउन आदेश दियो ।

अनुसन्धान लगानीको सदुपयोग

खरबौँ डलर लगानी गर्दा पनि हालसम्म फेला पार्न नसकेको क्यान्सरको औषधि जडीबुटीको धुलोमा फेला पार्न नसकिएला भन्ने के छ र ? कदाचित त्यसो गर्न सकिए प्याटेन्टमार्पmत स्थानीय झार बेचेर नेपाल धनी हुन के बेर ?

कांग्रेसमा नेतृत्व परिवर्तन

गत संसदीय निर्वाचनमा पहिलो दलबाट खुम्चिएर तेस्रो पार्टी बनेपछि नेपाली कांग्रेसभित्र आरोप–प्रत्यारूपको शृंखला बढ्दो छ । भविष्यको नेतृत्वकर्ता ठानिएका केही युवा नेताहरू अहिलेका अग्रज जति लामो समय पदमा बस्छन्, त्यही हिसाबमा पार्टीले थप क्षति बेहोर्नुपर्ने भएकाले विशेष अधिवेशन बोलाएर अविलम्ब नेतृत्व प्रतिस्थापन गर्नुपर्ने भन्दैछन् ।

नेपाली कांग्रेसको भविष्य

रामचन्द्र पौडेलजस्ता नेताले पार्टीको पराजयको दायित्व आफूलगायत अहिलेका पुस्ताले लिनुपर्ने कारण देखाउँदै राजनैतिक विश्राम लिने उद्घोष गरे पार्टीमा नवीन बहसले प्रवेश पाउँथ्यो । व्यक्ति परिवर्तन नगरी कांग्रेसमा नवीन ऊर्जा सञ्चार गर्न नसकिने भएकाले युवा पुस्ताले पार्टी सञ्चालन गर्न आवश्यक देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्